Logo

२०८३, आश्विन ९गते


images
images

अमेरिकाले एमसीसीको नाममा 'खसी' देखाएर 'फर्सी' भिडाउन खोज्यो : चित्रबहादुर केसी

अमेरिकाले एमसीसीको नाममा 'खसी' देखाएर 'फर्सी' भिडाउन खोज्यो : चित्रबहादुर केसी

images
  • सेतोमसी सहकर्मी
  • अमेरिकाले एमसीसीको नाममा 'खसी' देखाएर 'फर्सी' भिडाउन खोज्यो : चित्रबहादुर केसी
    फाइल फोटो
    images
    images

    काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अमेरिकाले एमसीसीका नाममा खसि देखाएर फर्सी भिडाउन खोजेको आरोप लगाएका छन्। बुधबार माईतीघर मण्डलामा राष्ट्रिय जनमोर्चा, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी लगायतका आठ राजनैतिक संगठनहरुले आयोजना गरेको अमेरिकी सहयोग परियोजना एमसीसीविरुद्धको संयुक्त प्रदर्शनमा बोल्दै अध्यक्ष केसीले यस्तो बताएका हुन्।

    images
    images
    images

     पैसा नेपालमा आएर विकास हुने भए नेपाली जनताहरु एमसीसीको विपक्षमा नउत्रिने बताउँदै अमेरिकाले आफ्नो स्वार्थपूर्तिका लागि एमसीसी परियोजना नेपाललाई भिडाइरहेको बताए। उनले पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो कार्यकालमा भित्रभित्रै एमसीसी पास गराउन खोजेको आरोप लगाए।

    images
    images
    images

    अध्यक्ष केसीले विदेशी शक्तिहरुले पार्टीका प्रमुख व्यक्तिहरुलाई आफ्नो स्वार्थसिद्धिका लागि किन्ने गरेको बताए।  राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गठबन्धन एमसीसी पारित गर्न, देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डताको बिक्री गर्न र सत्तामा रजाइँ गर्न नबनेको बताएका छन्। उनले गठबन्धन नेपाली कांग्रेस बाहेकका अन्य पार्टीले संशोधन गरी पास गर्नुपर्छ भनेपनि राष्ट्रिय जनमोर्चा एमसीसी नेपालमा ल्याउनु नहुने पक्षमा रहेको स्पष्ट पारे।

    images
    images
    images

    अध्यक्ष केसीले दुई वर्ष यता मधेशमा सरकारले महंगो रकम हालेर ल्याएको रेल सञ्चालन नगरेर नेपाली जनताको बेइज्जत गरेको बताए। उनले सरकारको यस्तो कामले नेपाली जनताको अपमान भएकोसमेत बताए। उनले नेपाल अहिले विदेशीहरुको लुटको अखडा भएको आरोप समेत लगाए। 

    अध्यक्ष केसीले नेपालमा राजनीति देश लुट्नका लागि गरेको आरोपसमेत लगाए। उनले नेपाल जस्तो कृषिप्रदान देशमा अहिले वार्षिक ५० अर्ब भन्दा बढी खाद्यान्न आयात भइरहेको तर निर्यातका नाममा भने मानिसहरु मात्र पलायन भएको बताए। उनले नेपाली शासकहरुले आफ्नो देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतामाथि खतरा छ कि छैन भनेर एमसीसीलाई सोध्नु लज्जास्पद भएको समेत बताए।

    अध्यक्ष केसीले अहिले सरकारमा भागवण्डाको काम मात्रै भइरहेको बताउँदै देशक र जनताको रक्षा गर्ने जिम्मेवारी माफिया र तस्कहरुको हातमा सुम्पिएको बताए। उनले नेपालमा चुनाव माफिया र दलालीहरुको मात्रै भएको आरोपसमेत लगाए। अध्यक्ष केसीले देश अहिले गम्भीर शंकटोन्मुख रहेको भन्दै त्यसलाई जनताले सडकमा आएर जोगाउनु पर्ने बताए। उनले नेपाल पनि अहिले अफगानिस्तान र पाकिस्तानको स्तरमा गइसकेको बताए।

     उनले संसदमा रहेका सांसदहरुलाई एमसीसी अस्वीकार गरेर देशको राष्ट्रियता, अखण्डता र सार्वभौमिकतालाई जोगाउनु पर्ने बेला आएको उल्लेख गरे। अध्यक्ष कसीले अमेरिकी साम्राज्यवादले जबरजस्ती एमसीसी बोकाएर नेपालमा आफ्नो रोटी सेक्ने षड्यन्त्र गरिरहेको आरोपसमेत लगाए ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सीसीएमसी
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।