Logo

२०८३, आश्विन ९गते


images
images

एमसीसी संसदमा टेबल हुन्छ तर पास-फेल के हुन्छ कसैलाई थाहा छैन : प्रधानमन्त्री देउवा 

एमसीसी संसदमा टेबल हुन्छ तर पास-फेल के हुन्छ कसैलाई थाहा छैन : प्रधानमन्त्री देउवा 

images
  • एमसीसी संसदमा टेबल हुन्छ तर पास-फेल के हुन्छ कसैलाई थाहा छैन : प्रधानमन्त्री देउवा 
    फाइल फोटो
    images
    images

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा विहिवार विहान एमसीसीकाे विषयमा बाेल्दै एमसीसी पास फेल के हुन्छ कसैलाई थाहा नभएको बताएका छन् । 
    आफू एमसीसीको पक्षमा रहेको बताईरहेका प्रधानमन्त्री देउवाले  संसदमा टेबल भएपछि पास फेल जे भए पनि त्यसलाई स्वीकार्ने बताएका हुन् ।

    images
    images
    images

    काँग्रेस नेता अर्जुननरसिंह केसीले लेखेको ‘नेपाली काँग्रेसको संक्षिप्त इतिहास’ नामक पुस्तक बिहीबार बिहान विमोचन समारोहलाई संक्षिप्त सम्बोधन गर्दै देउवाले यस्तो अभिव्यक्ति दिएका हुन् । ‘पास फेल के हुन्छ थाहा छैन । हामीले संसदीय दल र कार्य सम्पादन समितिबाट सर्वसम्मत रुपमा पास गर्ने निर्णय गरिसकेका छौं । त्यसका लागि मैले पहल गरिरहेको छु’ देउवाले भने ।

    images
    images
    images

    साथै, देउवाले एमसीसीको पक्षमा उभिन डराउन नहुने पनि बताएका छन् । उनले भने, ‘एमसीसीको पक्षमा उभिन डराउनु हुँदैन । यो राष्ट्रको हितमा छ । हामी आफ्नो अडानमा उभिएर जानुपर्छ ।’

    images
    images
    images


    एमसीसी बुधबार सँसदमा टेबल हुने बताईपनि त्यसाे हुन सकेन ।यतिबेला सत्तारुढ दल नेकपा माअाेवादी केन्द्र र नेकपा समाजवादी एमसीसीकाे बिराेधमा रहेका र एमालेले पनि एमसीसी टेबल भएपनि अाफ्नाे दलले बिपक्षमा मतदान गर्ने बताउँदै अाएकाे छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सीसीएमसी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।