Logo

२०८३, आश्विन ९गते


images
images

शिक्षा

देवदह आदर्शको आठौं क्याम्पस सभा : ३ करोड बढिको अनुमानित बजेट

देवदह आदर्शको आठौं क्याम्पस सभा : ३ करोड बढिको अनुमानित बजेट

images
  • देवदह आदर्शको आठौं क्याम्पस सभा : ३ करोड बढिको अनुमानित बजेट
    images
    images

    देवदह । तीन करोड ४७ हजार रुपैंया बराबरको अनुमानित बटेट सार्वजनिक गर्दै देवदह आदर्श बहुमुखी क्याम्पसको आठौं क्याम्पस सभा एवम् सत्रौ वार्षिकोत्सव समारोह सम्पन्न भएको छ । 

    images
    images
    images

    क्याम्पसले शिक्षण शुल्क तथा शैक्षिक गतिविधिबाट १ करोड ९३ लाख ४७ हजार रुपैंया आम्दानी गर्ने लक्ष्य प्रस्तुत गरेको छ ।  क्याम्पस प्रमुख जयकिशन अधिकारीले  शैक्षिक अनुदान मार्फत ९२ लाख रुपैंया, सहयोग तथा चन्दा मार्फत ११ लाख ६० हजार रुपैंया र विविध आम्दानी ३ लाख ४० हजार रुपैंया बराबर चालु आर्थिक बर्षमा आम्दानीको लक्ष्य रहेको जानकारी दिए । 

    images
    images
    images

    खर्चतर्फ कर्मचारी तलब भक्ता तर्फ १ करोड २६ लाख ७५ हजार ८ सय १६ रुपैंया, शैक्षिक एवम् प्रशासनिक खर्च ९५ लाख ६ हजार ६ सय १० रुपैंया, फर्निचर तथा भौतिक निर्माण तर्फ ९२ लाख ५० हजार रुपैंया, छात्रबृत्ति तथा भर्ना शुल्क छुट तर्फ १४ लाख ५० हजार रुपैंया खर्च अनुमान गरिएको प्रमुख अधिकारीले जानकारी दिए । क्याम्पस प्रमुख अधिकारीका अनुसार चालु आर्थिक बर्षमा अनुमानित २८ लाख ३५ हजार ४ सय २६ रुपैंया घाटा बजेट रहेको छ ।

    images
    images
    images

    रुपन्देहीको पूर्वी क्षेत्रमा रहेको देवदह आदर्शले आर्थिक बर्ष २०८१÷०८२ मा जम्मा २ करोड १० लाख ६९ हजार ८ सय ३७ रुपैंया आम्दानी र २ करोड १ लाख ३ सय ६९ रुपैंया खर्च गरेको थियो । गत आर्थिक बर्षमा ९ लाख ६९ हजार ४ सय ६८ रुपैंंया संचालन मुनाफा आर्जन गरेको क्याम्पसको प्रतिवेदनमा उल्लेख छ ।

    आर्थिक बर्ष २०८१÷०८२ मा शिक्षा शास्त्र सङ्काय तर्फ ३२९ जना र व्यवस्थापन सङ्काय तर्फ ५७७ जना विद्यार्थी गरि कुल ९०६ जना विद्यार्थी भर्ना भएको क्याम्पस प्रमुख अधिकारीले जनाए । २०८२ को नतिजा अनुसार क्याम्पसबाट परिक्षामा सम्मिलित मध्ये वी.एड. तर्फ ३३.४६ प्रतिशत र वी.वी.एस. तर्फ ३२.५० प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् ।

    कर्यक्रममा बोल्दै क्याम्पसका अध्यक्ष बासुदेव रिमालले आर्थिक बर्ष २०८२÷०८३ मा स्नातक तहमा प्राविधिक विषय अन्तर्गत वी सी ए र वी वी ए थप गर्ने जानकारी दिए । त्यसैगरी क्याम्पसमा सञ्चालन गर्ने विषय र कक्षाहरुलाई डिजिटल बनाउने लक्ष्य रहेको बताउँदै आगामी आर्थिक बर्षमा कम्तिमा २ जना प्राध्यापकहरुलाई एमफिल कार्यक्रममा सहभागिताको लागि प्रोत्साहन गर्ने लक्ष्य प्रस्तुत गरे ।  

    सोहि अवसरमा बोल्दै प्रमुख अतिथि देवदह नगरपालिकाका नगरप्रमुख तथा क्याम्पसका संस्थापक अध्यक्ष ध्रुवप्रसाद खरेलले देवदहको शैक्षिक विकासका लागि नगरपालिकाले यहाँका शैक्षिक संघसंस्थाहरुसंग सहकार्य गर्न तयार रहेको बताए । देवदह आदर्श क्याम्पस मध्यम वर्ग र श्रमजिवी वर्गका विद्यार्थीहरु अध्ययन गर्ने शैक्षिक संस्था भएकाले यसमा समुदायको लगानी र चासो आवश्यक रहेको खरेलले बताए । 

    कर्यक्रममा पूर्व क्याम्पस प्रमुख मित्रलाल न्यौपाने, वडा नं ९ का अध्यक्ष मोहनबहादुर जिसी क्याम्पसको भूतपूर्व विद्यार्थी समाजका अध्यक्ष गणेश पराजुली, स्वतन्त्र विद्यार्थी युनियनका सभापति असिम न्यौपाने लगाएतले बोल्दै क्याम्पसको समग्र विकासका लागि आफुहरु रचनात्मक सहयोगका लागि तत्पर रहेको बताए ।

    नगर उपप्रमुख विद्यालक्ष्मी लक्ष्मी गुरुङ, पूर्व नगरप्रमुख हिराबहादुर खत्री नगर प्रवक्ता गणेश डुम्रे लगाएतको उपस्थिति रहेको कार्यक्रममा क्याम्पसको आजिवन सदस्यताको प्रमाणपत्र प्रदान गरिएको थियो । 

    यसैगरी क्यूएए प्राप्त गर्नमा महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै पूर्व क्याम्पस संचालक समितिका अध्यक्ष एवम् नगरप्रमुख खरेल, पूर्व क्याम्पस प्रमुख न्यौपाने र क्यूएए फोकल पर्सन नारायण भण्डारी लाई दोसल्ला सहित प्रमाणपत्र प्रदान गरियो । 

    त्यस्तै क्याम्पसमा अध्ययनरत उत्कृष्ट तथा जेहेन्दार तथा शैक्षिक अनुसन्धान कार्यमा उत्कृष्ट विद्यार्थीहरुलाई नगद छात्रवृत्ति, विषयगत रुपमा सत प्रतिशत नतिजा दिने प्राध्यापकहरुलाई नगद तथा प्रमाण पत्रद्धारा सम्मान गरिएको थियो । 

    त्यसैगरी क्याम्पस सभाको पूर्वसन्ध्यामा आयोजित खेल सप्ताहका विजेता विद्यार्थीहरुलाई कार्यक्रममा पुरस्कृत गरिएको थियो । 
    क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष प्रकाश अर्यालको स्वागत र सहायक क्याम्पस प्रमुख नविन श्रेष्ठको सञ्चालनमा कार्यक्रम भएको हो । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह आदर्श
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।