Logo

२०८३, आश्विन १०गते


images
images

एमालेकाे कान्छाे जनवर्गीय संगठन 'आरएनएफ' काे संगठन विस्तार हुँदै 

एमालेकाे कान्छाे जनवर्गीय संगठन 'आरएनएफ' काे संगठन विस्तार हुँदै 

images
  • सेतोमसी सहकर्मी
  • एमालेकाे कान्छाे जनवर्गीय संगठन 'आरएनएफ' काे संगठन विस्तार हुँदै 
    images
    images

    कृष्ण अन्जान, रुरु । नेपाल कम्युनिस्ट पार्टी (एमाले) काे कान्छाे जनसँगठनकाे  रुपमा हालै स्थापित रिटर्नी फेडेरेसन (आरएनएफ) नेपालले गुल्मी जिल्लामा पनि सँगठन विस्तार अभियानलाई तिव्रता दिने बताएकाे छ ।
        
        
    मुख्यतया वैदेशिक राेजगारीबाट फर्केकाहरुलाई समेटेर उनीहरुकाे सिपलाई मुलुककाे समृद्धिसँग जाेड्दै पुनर्स्थापनाका लागि पहल गर्ने उद्वेश्यका साथ २३ औं जनसँगठनकाे रुपमा स्थापित भई देशैभरि सँगठन निर्माण अभियानमा लाग्दै गर्दा गुल्मी जिल्लामा जिल्ला तहका साथै बाह्रवटै स्थानिय तह र वडा स्तरमा समेत आरएनएफकाे सँगठन विस्तार अभियानलाई तिव्रता दिने सँगठनका गुल्मी जिल्ला ईन्चार्ज समेत रहेका केन्द्रीय सदस्य रवि पन्थले बताए ।

    images
    images
    images


       
    जिल्लामा सँगठन विस्तार अभियान सन्चालन सँगै सँगठनकाे कृयाशिल भएकाे जानकारी हामीले नेकपा एमाले गुल्मीको सचिवालय वैठकमा जानकारी गराएका छौँ र पार्टीको निर्देशन र अावस्यक सुझावमा सँगठन बिस्तार लाई अगाडी बढाउँछौ केन्द्रीय सदस्य पन्थले भने ।
       
        
    गाउँघर र शहरमा बैदेशिक राेजगारीबाट फर्केका हरु लाखौंकाे सँख्यामा छन तर पहुँचका कारण हरेक अवसर बाट बन्चित छन ,सँगठनले यिनै अवसरबाट बन्चित हरुकाे हक अधिकार स्थापना सँगै अवसरकाे खाेजिका लागि ध्यान केन्द्रित गर्ने छ पन्थकाे भनाई छ ।

    images
    images
    images

    रिटर्नि फेडरेशन नेपालकाे केन्द्रीय सदस्य तथा गुल्मी जिल्ला इन्चार्ज रवि पन्थ लामाे समय बैदेशिक राेजगारीबाट फर्केर गुल्मीकाे रिडीबजारमा डेरि उधाेग र छत्रकाेट गाउँ पालिका ४ दिगाममा व्यवसायीक कागती खेति गर्दै आईरहेका छन ।

    images
    images
    images

      
    आफ्नाे साेँच वैदेशिक राेजगारीबाट फर्केकाहरुलाई सँगठित गर्दै अवसरकाे खाेजि गर्दै समृद्ध नेपाल बनाउनु पर्छ भन्ने रहेकामा नेकपा एमालेले जनवर्गीय सँगठनकाे रुपमै वैदेशिक राेजगारीबाट फर्केका हरुलाई सँगठित गरेकाेमा आफुलाई खुशिलागेकाे आरएफएन गुल्मी जिल्ला इन्चार्ज समेत रहेका रवि पन्थकाे भनाई छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • # नेकपा एमाले
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।