काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन तोडेर होइन, लडेरै बहुमत ल्याउने तयारीमा एमाले लागेको बताएका छन् । शुक्रबार एक कार्यक्रममा पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।
स्थानीय तहको निर्वाचन अघि आफ्नो पार्टीको ध्यान चार वटा विषयमा केन्द्रीत हुने बताएका छन् । शुक्रबार नेकपा एमाले स्थानीय तह निर्वाचन तयारी केन्द्रीय प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै उनले एमालेले अब चार विषयमा ध्यान केन्द्रीत गर्ने बताएका हुन् ।
ओलीका अनुसार एमालेले ध्यान दिने चार विषयमा पहिलो तोकिएकै मितिमा निर्वाचन गराउने रहेको बताएका छन् । एमालेले २०७९ वैशाख ३० गते हुने स्थानीय निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित र शान्तिपूर्ण वातावरणमा गराउनमा विशेष ध्यान दिने उनले बताए ।
एमालेको तेस्रो ध्यान जनतालाई भ्रम र अन्योलमा पार्नेहरूको प्रयास असफल पार्नेतर्फ जाने उनले बताए । र चौधौंमा एमालेले स्थानीय तहका परिणामलाई लोकतन्त्र र संविधानको वास्तविक कार्यान्वयनको पक्षमा पार्न पनि विशेष ध्यान दिने उल्लेख गरे ।
‘यी कामहरुमा हामी अघि बढ्छौ र यिनै विषयलाई लिएर हामी प्रशिक्षण कार्यक्रमरु संञ्चालन गर्छौं । जसमा केन्द्रिय निर्वाचन विभाग, स्थानीय तह विभाग र पार्टी स्कुल विभागले संयुक्त रुपमा आफ्ना विषयमा केन्द्रित भएर प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नेछन्,’ अध्यक्ष ओलीले भने ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology