Logo

२०८३, आश्विन १०गते


images
images

राजनीति

प्रलोपा र क्रान्तिकारी अभियानबीच एकता

प्रलोपा र क्रान्तिकारी अभियानबीच एकता

images
  • प्रलोपा र क्रान्तिकारी अभियानबीच एकता
    images
    images

    काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) र क्रान्तिकारी शक्ति पुनर्गठन तथा रूपान्तरण अभियानबीच एकता भएको छ । 

    images
    images
    images

    शुक्रबार प्रगतिशील लोकतान्त्रिक पार्टीका निर्वाचन परिचालन तथा वार्ता संवाद समिति संयोजक जनार्दन शर्मा र क्रान्तिकारी शक्ति पुनर्गठन रुपान्तरण अभियानका संयोजक दलसिंह खत्री मिसनले एकताको सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।

    images
    images
    images

    देशलाई प्रगति र अग्रगमनको दिशातर्फ लान लोकतान्त्रिक मूल्य संघीय लोकतान्त्रिक गणतन्त्र समावेशितालाई आत्मसात गर्दै राष्ट्रियताको संरक्षण सबल राष्ट्र सक्षम नागरिक समावेशी समृद्धिद्वारा सामाजिक न्याय स्थापनाको प्रकृयाबाट समाजवादको बाटोतर्फ अगाडि बढ्ने प्रतिबद्धताका साथ एकता गर्न सहमत भएको सहमति पत्रमा उल्लेख छ ।

    images
    images
    images

    दुवैबीच ६ बुँदे सहमति भएको छ, जुन यस प्रकार छ :

    १- जेन्जी जनआन्दोलनको अपनत्व लिई सम्पूर्ण सहिद तथा घाइते परिवारको मागहरू सम्बोधन गर्न पहल गर्ने

    २- सुशासन र सामाजिक न्यायका पक्षमा दृढतापूर्वक अगाडि बढ्ने प्रतिबद्धता सहित राज्यका अङ्गहरू (व्यवस्थापिका कार्यपालिका र न्यायपालिका) मा समेत पुनर्संरचना गर्न पहल गर्ने ।

    ३- दुई पार्टीबीच एकता गर्दा सचिवालयदेखि सम्पूर्ण तहमा सम्मानजनक प्रतिनिधित्व हुनेगरी सांगठनिक एकता गर्दै आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा प्रतिनिधित्व हने गरी उम्मेदवार तय गर्ने

    ४- यो सम्झौता बमोजिम आवस्यक विषय निर्वाचन आयोगमा अध्यावधिक गर्ने ।

    ५- प्रगतिशील लोकतान्त्रिक पार्टीको सिद्धान्त नेतृत्व र चुनाव चिन्ह एकल खुलेको आँखामा गोलबद्ध भई सुशासन र लोकतन्त्र र परिवर्तनका पक्षमा एकताबद्ध हुन आह्वान गर्ने

    ६-  प्रगतिशील लोकतान्त्रिक पार्टीको नीति र नेतृत्वमा रही अध्ययन अनुसन्धान र उत्पादनको क्षेत्रमा जोड दिनका साथै सामाजिक विभेद गरिबी र भ्रष्टाचार समाज र राष्ट्रका शत्रु हुन् भन्ने मान्यतालाई आत्मसाथ गर्दै त्यसका विरुद्ध संघर्ष गर्ने ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।