Logo

२०८३, आश्विन १०गते


images
images

रुरुक्षेत्रमा जुर्मुरायाे नेकपा एमाले 

रुरुक्षेत्रमा जुर्मुरायाे नेकपा एमाले 

images
  • रुरुक्षेत्रमा जुर्मुरायाे नेकपा एमाले 
    images
    images

    कृष्ण अन्जान,गुल्मी ।सरकारले स्थानीय तहकाे निर्वाचन घाेषणा गरे सँगै नेकपा एमालेले रुरुक्षेत्रमा आफ्ना राजनैतिक गतिविधि लाई तिब्रता दिएकाे छ।

    images
    images
    images

    आफ्ना गतिविधि हरुलाई जारी राख्ने क्रममा नेकपा एमाले रुरुक्षेत्र गाउँपालिका वडा न १ कमिटीले बडाभित्र जनवर्गीय सँगठन निर्माणकाे कार्यलाई यथासिघ्र शुरु गर्ने निर्णय गरेकाे छ।
    शनिवार एमाले पार्टी कार्यालय रिडीबजारमा  आयाेजित पार्टी कार्यकर्ता तथा वडा समितिकाे सँयुक्त भेलाले पार्टीको गतिविधिलाई चलाएमान बनाउँदै जनताका घरघरमा पुग्ने समेत बताईएकाे छ ।
        
     कार्यकर्ता भेलामा अाफ्ना धारणा राख्दै नेकपा एमाले रुरुक्षेत्रका पुर्व इन्चार्ज समेत रहेका  गुल्मी जिल्ला कमिटी सदस्य हिमाल श्रेष्ठले नेकपा एमालेकाे सरकारका पालामा भए गरेका कामहरूकाे फेहरिस्त बाेकेर गाउँगाउँमा जनताका माझ पुग्न कार्यकर्तालाई अाग्रह गरे ।

    images
    images
    images

    यतिबेला एमालेलाई घेरावन्दि गर्न गठवन्धनका दलहरु लागेकाले पार्टी सबै घेरावन्दी ताेडेर अगाडि बढ्ने गरि लाग्नु पर्नेमा श्रेष्ठले जाेड दिए ।
      
    रुरुक्षेत्र गाउँ पालिका कम्युनिस्टहरुकाे उदगम स्थल भएकाले पनि अागामी निर्वाचनमा पनि  सधै झैँ नेकपा एमालेले अाफ्नाे विजय झण्डा गाड्ने दावि समेत गरे ।
      
    कसैले भ्रम छर्दैमा यथार्थ लुक्दैन, एमालेकै कार्यकालमा कालिगण्डकी करिडाेर , मदन भण्डारी राजमार्ग ,  रिडी तिनमुखे पुल , रुरुधाममा बृहत तटबन्ध लगाएतका कामहरु ले गतिलिएकाे बताउँदै उनले चाहे च्यूरेककाे एकघर एकधारा हाेस या भट्कुवाकाे खानेपानी या रिडी मकवादी रह भट्कुवा सडक हाेस या फलाँटे सडक हाेस अथवा मस्यौदि भट्कुवा सडक सँगै सालविसाउना च्यूरेक सडक सबै अायाेजना हरु एमालेकै पालामा परेका बजेटबाट निर्माण भईरहेकाे एमालेका युवा नेता श्रेष्ठले भने  ।
      
     कार्यकर्ता माझमा प्रशिक्षणात्मक मन्तव्य राख्दै नेकपा एमाले गुल्मी  जिल्ला कमिटी सदस्य शेष नारायण पौडेलले पार्टीलाई अनुशासित र जिवन्त राख्न कार्यकर्ताकाे अहँ भुमिका रहने बताउनु हुँदै पार्टीको गतिशीलता लाई कायम राख्न सबै कार्यकर्ता लाग्नु पर्नेमा जाेड दिनु भयाे ।
        
     वडा कमिटीका सदस्य तथा टाेल कमिटी सदस्य लगाएतका कार्यकर्ताहरुकाे उपस्थितिमा भएकाे समिक्षात्मक तथा प्रशिक्षणात्मक कार्यक्रममा भट्कुवा बाट गाेविन्द भट्टराई कृष्ण ज्ञवाली हाेमनाथ ज्ञवाली नर बहादुर हमाल च्यूरेकबाट  युवराज ज्ञवाली दिननाथ ज्ञवाली विष्णु ज्ञवाली गिरीराज ज्ञवाली दामाेदर ज्ञवाली रिडीबाट चन्द्रलाल कसजु दुर्गा पन्थ माधव ज्ञवाली भगवति बराल लगाएतले समिक्षात्मक कार्यक्रममा अाफ्ना धारणा राखेका थिए ।
       
    कार्यकर्ता भेलामा अागामी फागुन २० गते भित्र सबै जनवर्गीय सँगठनहरुकाे वडा सम्मेलन गरिसक्ने निर्णय भएकाे छ ।
    रुरुक्षेत्र १ वडा कमिटिका अध्यक्ष नवराज विककाे अध्यक्षतामा भएकाे कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य कृष्ण अन्जान ज्ञवाली अखिल नेपाल महिला सँघकि केन्द्रीय सदस्य तुल्सी श्रेष्ठ रिटर्नि फेडरेशनका केन्द्रीय सदस्य रवि पन्थ लगाएतकाे उपस्थिति रहेकाे थियाे ।
       
     कार्यक्रम नेकपा एमाले रुरुक्षेत्र १ का वडा उपसचिव नरवहादुर हमालकाे स्वागत र पार्टी सचिव चिरन्जिवि ज्ञवालीकाे सन्चालनमा भएकाे थियाे ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • # एमाले
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।