Logo

२०८३, आश्विन ९गते


images
images

प्रणय दिवस : पाल्पाको रानीमहलमा प्रेम साट्नेको भिड 

प्रणय दिवस : पाल्पाको रानीमहलमा प्रेम साट्नेको भिड 

images
  • सेतोमसी सहकर्मी
  • प्रणय दिवस : पाल्पाको रानीमहलमा प्रेम साट्नेको भिड 
    images
    images

    सुमन गाहा, पाल्पा । प्रेम दिवस विश्वभर मनाइने दिवस हो । विश्वभर आज भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस मनाइँदैछ ।  प्रणय दिवसको अवसरमा आज प्रेमजोडीहरुले विभिन्न उपहार आदान प्रदान गरी माया साटासाट गर्ने चलन छ । 

    images
    images
    images


    त्यस्तै आफूलाई मन परेको व्यक्तिसामु प्रेम प्रस्ताव राख्ने दिनको रुपमा पनि युवायुवतीले उपयोग गर्ने गर्छन् । नेपालमा पछिल्लो समय प्रणय दिवस मनाउने चलन निकै बढेर गएको छ । 

    images
    images
    images


    पाल्पामा भने सच्चा प्रेमको प्रतीक ठानिने रानीमहलमा सोमबार बिहानै देखि प्रेम जोडीहरुको भिड लागेको छ । आइतबार बेलुकी देखि नै रानीमहलमा जोडीहरु पुगेको स्थानीयले जनाएका छन् । 

    images
    images
    images


    रानीमहलसँगै पाल्पाका श्रीनगरडाँडा, बतासेडाँडा लगायतका अन्य क्षेत्रमा पनि प्रेम साटासाट गर्ने जोडी देख्न सकिन्छ ।


    कालीनदी किनारमा रहेको सुन्दर रानीमहल तत्कालीन राजा खड्गशम्शेरले तेजकुमारीको सम्झनामा विसं १९५४ मा निर्माण गरेका थिए ।
    पाल्पाको सदरमुकाम तानसेन देखि १४ किलोमिटर उत्तर कालीनदी किनारमा २४ कोठा भएको दरबारमा दुई पोखरी, मन्दिर, बगैँचा, पाटी, घोडा तबेला साथै भक्तिनी बस्ने स्थानसमेत देख्न सकिन्छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रणय दिवस
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।