नवलपरासी । पश्चिम नवलपरासीमा नेकपा एमाले निकट अनेरास्ववियुका १५ जनाले एमाले पार्टी र विद्यार्थी संगठन त्यागेका छन् ।
बर्दघाटको दिव्यज्योति बहुमुखी क्यामपसका स्ववियु सभापति समेत रहेका प्रकाश पाण्डेको नेतृत्वमा दिव्यज्योति बहुमुखी क्याम्पसमा रहेको १५ जना विद्यार्थीहरुले पार्टी र विद्यार्थी संगठन त्यागेका हुन् ।
सोमबार उनीहरुले संयुक्त विज्ञप्ति जारी गर्दै नेकपा एमालेको राजनीतिक गतिविधिहरु मन नपरेका कारण आजकै दिनदेखि अनेरास्ववियु र पार्टीको कुनै पनि पदमा नरहने गरी राजिनामा दिएको जनाएका छन् ।
दिव्यज्योति बहुमुखी क्याम्पसका सभापति एवम् अनेरास्ववियु राष्ट्रिय परिषद सदस्य प्रकाश पाण्डे, राष्ट्रिय परिषद सदस्य ब्रिज मोहन यादव, राष्ट्रिय परिषद सदस्य सुदिप पुरी, जिल्ला कमिटि सदस्य रामप्रसाद सुवेदी लगायतले राजिनामा दिएका हुन् ।
त्यसैगरी अनेरास्ववियु बर्दघाट नगर कमिटि अध्यक्ष अनिल पोख्रेल र नगर कमिटि कोषाध्यक्ष पुष्पा गैरे सहित दिव्यज्योति बहुमुखी क्याम्पस कमिटि अध्यक्ष किरण बस्याल, उपाध्यक्षहरु सुरज भट्टराई, सन्दिप देवकोटा, रमेशराज पौडेल सचिव सरोज खनाल, सहसचिवहरु राजन पाण्डे, विपना न्यौपाने, ऋषि बस्याल, कोषाध्यक्ष सुनिल पाण्डेले पनि राजिनामा दिएका छन् ।
उनीहरुले जिल्ला पार्टीलाई समेत बोद्धार्थ राखेर अनेरास्ववियु जिल्ला कमिटि इन्चार्ज शुसान्त शर्मा घिमिरेलाई राजिनामा हस्तान्तरण गरेका हुन् । 
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology