विराटनगर । नेपाली कांग्रेसका झापाका प्रभावशाली नेता सुधीर शिवाकोटीले विशेष महाधिवेशनको समर्थन गरेका छन् ।
उनले मक्काएको संस्थापन भनिएका नेताहरुबाट र यिनको दादागिरीबाट पार्टीलाई आजाद गर्ने अभियानमा लाग्न अपिल गर्दै विशेष महाधिवेशनमा सहभागी हुन आव्हान गरेपछि जिल्लाका ७० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधि विशेष महाधिवेशनमा सहभागी हुने भएका छन् ।
शिवाकोटीलाई कृष्णप्रसाद सिटौला निकट नेता मानिन्थ्यो । उनको यो कदमले सिटौलालाई झापामा ठुलो झट्का लागेको रुपमा काँग्रेस वृतमा चर्चा चलेको छ ।
झापा कांग्रेसका पूर्वसभापति, संविधानसभा सदस्य समेत रहेका शिवाकोटीले भनेका छन्- आज म देशभरका साथीहरु, विशेष कोशी प्रदेशका र झापाको सबै नेपाली काङ्ग्रेसको साथीहरुलाई आग्रह गर्द्छु । अब नेपाली काङ्ग्रेसलाई परिबर्तन गर्ने बिपि कै आदेश बमोजिम पार्टिमा पछि फेरि सुकिला मुकिला बदनाम ब्यक्तिहरुले कब्जा गर्नेछन् कार्यकर्ता साथीहरुले फेरि पार्टीको शुद्धिकरण गर्न पार्टीमा एक पटक आन्दोलन गर्न पर्नेछ भन्ने हामीलाई निर्देशन बमोजिम पार्टीकै शुद्धता र सुदृढीकरण गर्न विशेष महाधिवेशनलाई सफल पार्नुपर्ने समय आयेको छ । सक्ने साथीहरु काठमाडौ जाउ वा जिल्लामा बसेरै एसलाई सकृय समर्थन गरौं । नभए पनि ईश्वरसङ्ग यसलाई सफल बनाउन प्रार्थना गरौं । यो मक्काएको सस्थापन भनिएका नेताहरुबाट र यिनको दादागिरीबाट पार्टीलाई आजाद गर्ने अभियानमा लाग्न हार्दिक आव्हान गर्दछु । जय नेपाल ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology