Logo

२०८३, आश्विन २३गते


images
images

समाचार

ताप्लेजुङका निमित्त स्वास्थ्य प्रमुखविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्रको मुद्दा दायर

ताप्लेजुङका निमित्त स्वास्थ्य प्रमुखविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्रको मुद्दा दायर

images
  • ताप्लेजुङका निमित्त स्वास्थ्य प्रमुखविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्रको मुद्दा दायर
    images
    images

    काठमाडौं । जिल्ला स्वास्थ्य कार्यालय, ताप्लेजुङका निमित्त कार्यालय प्रमुख सुमन प्रसाद तिवारीविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी पदमा नियुक्ति लिएको र बढुवा भएको आरोपमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ ।

    images
    images
    images

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार तिवारीले बिहार इन्टरमिडिएट एजुकेसन काउन्सिल, पटनाबाट जारी भएको आईए तहको झुट्टा तथा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी खोप सुपरभाइजर पदमा नियुक्ति लिएका थिए । उनले सोही प्रमाणपत्र पटक–पटक पेस गरी माथिल्लो पद तथा श्रेणीमा बढुवा भएको र राष्ट्रसेवकका रूपमा विभिन्न लाभ तथा सुविधा प्राप्त गरेको अनुसन्धानबाट देखिएको आयोगले जनाएको छ ।

    images
    images
    images

    तिवारीविरुद्ध साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र २९(२) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६(१) बमोजिम कैद र जरिवानाको सजाय माग गर्दै आरोपपत्र दायर गरिएको हो ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।