Logo

२०८३, मंसिर ८गते


images
images

देवदहमा बेनकार्डोको बेनस्टाइल एसआईएस आउटलेट उद्घाटन

देवदहमा बेनकार्डोको बेनस्टाइल एसआईएस आउटलेट उद्घाटन

images
  • देवदहमा बेनकार्डोको बेनस्टाइल एसआईएस आउटलेट उद्घाटन
    images

    देवदह । बाथरुम तथा होम सोलुसन उत्पादनको ब्रान्ड बेनकार्डोले रुपन्देहीको देवदहमा आफ्नो बेनस्टाइल सप–इन–सप (एसआईएस) आउटलेट सञ्चालनमा ल्याएको छ । देवदहस्थित राधाकृष्ण मार्बल्स एण्ड स्यानिटरी सप्लायर्समा स्थापना गरिएको आउटलेटको मंगलवार उद्घाटन गरिएको हो ।

    images
    images
    images

    कम्पनीको प्रिमियम रिटेल विस्तार तथा ग्राहकलाई व्यवस्थित खरिद अनुभव प्रदान गर्ने उद्देश्यले आउटलेट स्थापना गरिएको जनाइएको छ ।

    images
    images

    आउटलेटमा बेनकार्डोका विभिन्न प्रकारका सेनेटरीवेयर, बाथरुम फिटिङ्स, सावर, नल, वाटर हिटर तथा अन्य होम सोलुसन उत्पादन उपलब्ध हुनेछन् । ग्राहकले एउटै स्थानबाट उत्पादनको डिजाइन, गुणस्तर र विशेषताबारे जानकारी लिएर आफ्नो आवश्यकताअनुसार छनोट गर्न सक्ने कम्पनीले जनाएको छ ।

    images

    बेनस्टाइल एसआईएस अवधारणामार्फत कम्पनीले आफ्ना व्यावसायिक साझेदारको बिक्री क्षमता, बजार उपस्थिति र ग्राहक सेवालाई थप सुदृढ बनाउने लक्ष्य राखेको बेनकार्डोका नेसनल सेल्स म्यानेजर माधवप्रसाद न्यौपानेले बताए । यसले ग्राहकलाई उत्पादनको प्रत्यक्ष अनुभवसहित व्यवस्थित खरिद वातावरण उपलब्ध गराउने उनको भनाई छ ।  

    उद्घाटन समारोहमा राधाकृष्ण मार्बल्स एण्ड स्यानिटरी सप्लायर्सका सञ्चालक कृष्णप्रसाद पाण्डे र कमला अर्यालका अभिभावक निमप्रसाद पाण्डे, देवदह नगरपालिकाका पुर्व नगर प्रमुख हिराबहादुर खत्री, बेनकार्डोका नेसनल सेल्स म्यानेजर माधवप्रसाद न्यौपाने तथा कम्पनीका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा स्थानीय व्यवसायी, ग्राहक तथा शुभेच्छुकहरू पनि सहभागी थिए ।

     

    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बेनकार्डो
  • Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।