Logo

२०८३, आश्विन २३गते


images
images

ताप्लेजुङको मेरिङ्देन सडक १६ दिनका लागि बन्द

ताप्लेजुङको मेरिङ्देन सडक १६ दिनका लागि बन्द

images
  • ताप्लेजुङको मेरिङ्देन सडक १६ दिनका लागि बन्द
    images
    images

    ताप्लेजुङ । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकास्थित मेरिङ्देन सडक १६ दिनका लागि बन्द गरिएको छ । 

    images
    images
    images

    मेरिङ्देन सडकको लिङ्तेप–थुकिमा सडक खण्डमा निर्माणको काम भइरहेकाले १६ दिनसम्मका लागि बन्द गरिएको हो । मेरिङ्देन गाउँपालिकाका अनुसार शनिवारदेखि आउँदो साउन २५ गतेसम्मका लागि लिङ्तेप–थुकिमा सडक खण्ड बन्द गरिएको हो । 

    images
    images
    images

    मेरिङदेन सडक खण्ड अन्तर्गत मेरिङदेन गाउँपालिका वडा नं. ४, लिङतेप र ५, थुकिमाको बिच सिमाना भई बग्ने मुङ्वाखोलामा मेवा डेभलोपर्स हाइड्रोपावर लिमिटेड द्वारा होम पाईप सेटिङ र ढलान कार्य भइरहेकोले  उक्त समय अवधिभर सडक बन्द गर्नुपरको गाउँपालिकाले जनाएको छ ।

    images
    images
    images

    गाउँपालिकाले सुचनामा भनेको छ- मेरिङदेन सडक खण्ड अन्तर्गत मेरिङदेन गाउँपालिका वडा नं. ४, लिङतेप र ५, थुकिमाको बिच सिमाना भई बग्ने मुङ्वाखोलामा मेवा डेभलोपर्स हाइड्रोपावर लिमिटेड द्वारा होम पाईप सेटिङ र ढलान कार्य भइरहेकोले आज मिति: २०८२ साउन ९ गते देखि साउन २५ गते सम्म (जम्मा १६ दिन) सवै खालको सवारी साधन आवत जावत बन्द गरीएको जानकारी गराउदछौं । सम्पुर्णमा माथि उल्लेखित समयावधि भर बैकल्पिक बाटोको रुपमा थुकिमाको मुदुम्सको मुख्य सडक खण्ड - माश्रेङ स्वास्थ्य चौकी हुदैँ मुङ्वाखोला लिङ्तेप - कान्छी बजारको बाटो प्रयोग गरिदिनहुन समेत अनुरोध गर्दछौं ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ताप्लेजुङ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।