Logo

२०८३, श्रावण ३०गते


images
images

नोबेल शान्ति पुरस्कार

भेनेजुएलाकी विपक्षी नेतृ माचाडोको भनाईप्रति नोबेल समितिको असन्तुष्टि

भेनेजुएलाकी विपक्षी नेतृ माचाडोको भनाईप्रति नोबेल समितिको असन्तुष्टि

images
  • भेनेजुएलाकी विपक्षी नेतृ माचाडोको भनाईप्रति नोबेल समितिको असन्तुष्टि
    images
    images

    काठमाडौँ । नोबेल शान्ति पुरस्कार प्रदान गर्ने संस्था नर्वेजियन नोबेल इन्स्टिच्युटले भेनेजुएलाका विपक्षी नेता मारिया कोरिना माचाडोको हालैको भनाइप्रति असन्तुष्टि व्यक्त गरेको छ ।

    images
    images
    images

    माचाडोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग आफ्नो नोबेल शान्ति पुरस्कार बाँड्न वा उनलाई दिन चाहेको बताएकी थिइन्।

    images
    images
    images

    संस्थाले शुक्रबार एक संक्षिप्त विज्ञप्तिमा एक पटक नोबेल पुरस्कार घोषणा भएपछि, यसलाई खारेज गर्न, स्थानान्तरण गर्न, बाँड्न वा अरू कसैलाई प्रदान गर्न नसकिने स्पष्ट गरेको छ ।

    images
    images
    images

    फक्स न्यूजसँगको अन्तर्वार्तामा माचाडोले व्यक्तिगत रूपमा ट्रम्पलाई भेनेजुएलाका जनताले नोबेल पुरस्कार दिन वा बाँड्न चाहेको बताएकी थिइन् ।

    न्यूयोर्कमा लागूपदार्थ तस्करीको आरोपमा रहेका भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गर्ने अमेरिकी सफल कारबाहीको लागि माचाडोले ट्रम्पको प्रशंसा गरेकी छन् । उनले यसलाई लोकतान्त्रिक परिवर्तनतर्फको ऐतिहासिक कदम भनेकी छन् ।

    नोबेल पुरस्कार घोषणा भएलगत्तै, माचाडोले यसलाई भेनेजुएलाका जनता र ट्रम्पलाई समर्पित गरेकि थिइन् । ट्रम्पले लामो समयदेखि नोबेल पुरस्कार जित्ने आकांक्षा राखेका छन् र आफ्नो कार्यकालमा खुलेआम यसलाई पछ्याइरहेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नोबेल शान्ति पुरस्कार
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।