बुटवल । सरकारले एमसीसी जबर्जस्ती संसदमा टेवुल गर्न प्रयास गर्न लागेको भन्दै सत्तारूढ दल नेकपा ( माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी ) ले बिरोध जनाएको छ । क्रान्तिकारीको बुटवल बहुमुखी क्याम्पस समितीले शनिबार साँझ क्याम्पस गेटबाट गोलपार्क चोकसम्म राकेजुलुस सहित बिरोध प्रदर्शन गरेको हो ।
एमसीसी खारेज गर, राष्ट्रियताको रक्षा गरौं,
सार्वभौमिकताको रक्षा गरौ लगायतका नारा लेखिएका पम्प्लेट सहित क्रान्तिकारीले जुलुस निकालेको हो ।
जुलुसको पछिको कोणसभामा बोल्दै संगठनका केन्द्रिय सदस्य टेकराज रेग्मीले वैदेशिक हस्तक्षेप स्विकार्य नहुने र रास्टियताको पक्षमा एक हुन युवा विद्यार्थीलाई आह्वान गरेका थिए । कोणसभामा विद्यार्थी नेताहरू टिकाराम आचार्य, दिपक खत्री लगायतले बोलेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology