Logo

२०८३, श्रावण ३१गते


images
images

एमसीसी

एमसीसी अन्तर्गतको प्रशारण लाइन र नयाँ बुटवल सबस्टेशनको निर्माण कार्यको शुभारम्भ

एमसीसी अन्तर्गतको प्रशारण लाइन र नयाँ बुटवल सबस्टेशनको निर्माण कार्यको शुभारम्भ

images
  • एमसीसी अन्तर्गतको प्रशारण लाइन र नयाँ बुटवल सबस्टेशनको निर्माण कार्यको शुभारम्भ
    images
    images

    नवलपरासी । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गत १८ किलोमिटर प्रशारण लाइन र नयाँ बुटवल सबस्टेशनको निर्माण कार्यको शुभारम्भ भएको छ  ।

    images
    images
    images

    मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल (एमसिए नेपाल) ले आज नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुनवलमा १८ किलोमिटर प्रशारण लाइन र नयाँ बुटवल सबस्टेशनको निर्माण कार्यको शुभारम्भ गरको हो ।

    images
    images
    images

    शुभारम्भ कार्यक्रममा अर्थमन्त्री रामेश्वरप्रसाद खनाल, अमेरिकी राजदूत डिन आर. थम्पसन, एमसीसीका आवासीय राष्ट्र निर्देशक डायन फ्रान्सिस्को र एमसिए-नेपालका कार्यकारी निर्देशक खड्ग बहादुर विष्ट सहभागी थिए ।

    images
    images
    images

    नेपालका प्रमुख ऊर्जा पूर्वाधारको निर्माण र नेपालमा विद्युत प्रशारण क्षमता र क्षेत्रीय सञ्जाल सुदृढ बनाउन अमेरिका र नेपाल दुवै सरकार एमसीसी नेपाल कम्प्याक्ट समयमै सम्पन्न गर्ने प्रतिबद्ध रहेको देखिएको छ । 

    यस सबस्टेशनको निर्माण कार्यले नेपाल-भारतबीच ऊर्जा व्यापारलाई अझ विस्तार गर्नेछ र क्षेत्रीय आर्थिक वृद्धिमा सहयोग गर्ने भएको छ ।

    अमेरिकी राजदूत थम्पसनले यो परियोजना नेपाल र अमेरिका बीचको बलियो साझेदारीको प्रमाण भएको र दुवै देशले साझा समृद्ध भविष्यको दृष्टिकोण राखेको बताए । उनले अमेरिका नेपाललाई भरपर्दो ऊर्जा प्रणाली निर्माण, क्षेत्रीय व्यापार विस्तार, र नेपाली जनताका लागि नयाँ अवसरहरू सिर्जना गर्न सहकार्य गर्न प्रतिबद्ध रहेको सो अवसरमा बताएका थिए । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एमसीसी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।