Logo

२०८३, श्रावण ३१गते


images
images

‘गो ब्याक एमसीसी’ भन्दै राजधानीमा प्रदर्शन

‘गो ब्याक एमसीसी’ भन्दै राजधानीमा प्रदर्शन

images
  • ‘गो ब्याक एमसीसी’ भन्दै राजधानीमा प्रदर्शन
    images
    images

    काठमाडौँ । विप्लव नेतृत्वको नेकपाले मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) कार्यान्वयनविरूद्ध आज देशव्यापी प्रदर्शन गरेको छ ।  संसद्‍बाट व्याख्यात्मक टिप्पणीसहितको १२ बुँदे सम्झौता सम्बन्धमासमेत अमेरिकाले आधिकारिक धारणा सार्वजनिक नगरेको भन्दै नेकपाले देशव्यापी विरोध प्रदर्शन गरेको हो ।IMG_20230827_151457.jpg

    images
    images
    images

    यसै क्रममा पार्टीको उपत्यका ब्यूरो र जबस मोर्चाले राजधानी काठमाडौँमा एमसीए नेपालको कार्यालय अघि प्रदर्शन गरेको छ । एमसीसी  परियोजना राष्ट्रघाती भएको निष्कर्ष निकाल्दै उसले भदौ ५ गते चरणबद्ध आन्दोलन घोषणा गरेको थियो ।  १२ बुँदे सम्झौता सम्बन्धमा अमेरिकाले आफ्नो धारणा सार्वजनिक नगरेसम्म नेपालमा एमसीसी कार्यान्वयन हुन नदिन चेतावनी दिएको छ । 

    images
    images
    images

    ‘एमसीसी राष्ट्रघाती छ । संसद्ले व्याख्यात्मक टिप्पणीसहित एमसीसी कार्यान्वयन गर्ने भनेर १२  बुँदे सम्झौता पारित गरेको छ । २ वर्ष बित्न  लाग्दासमेत अमेरिकाले कुनै धारणा सार्वजनिक गरेको छैन’, नेकपाका नेता, ‘अनिल शर्मा विरहीले भने, ‘कम्तीमा पनि १२ बुँदे सम्झौता  कार्यान्वयन गर्ने सम्बन्धमा अमेरिकाको आधिकारिक धारणा नआएसम्म कार्यान्वयन हुन दिँदैनौँ ।’ सोमबार यसै विषयमा अन्तरक्रिया गर्दैछ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।