देवदह । सगरमाथा आवासीय माध्यामिक विद्यालय देवदहमा वडा दशैँको अवसरमा चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । बालबालिकामा दशैँको महत्वको बारेमा जानकारी गराउने उद्धेश्यले प्रतियोगिता आयोजना गरिएको विद्यालयले जनाएको छ ।
विद्यार्थीहरुलाई तीन तहमा विभाजन गरेर सञ्चालन गरिएको प्रतियोगितामा जुनियर लेभल (कक्षा १ देखि ४) मा कक्षा ३ का सुप्रिम साही प्रथम, कक्षा १ का सरगम खनाल द्धितिय र कक्षा २ का निरमही रासकोटी तृतिय भएका छन् ।
त्यस्तै जुनियर लेभल ( कक्षा ५ देखि ७ ) मा कक्षा ६ का कामना राई प्रथम, कक्षा ५ का इप्सु पोखरेल द्धितिय र कक्षा ५ कै ग्रिष्मा राना तृतिय भएका छन् । सिनियर तर्फ आयु बर्मा प्रथम, सम्वृद्धी न्यौपाने द्धितिय र डेजी गुरुङ तृतिय भएका छन् ।
प्रतियोगितामा प्रथम हुनेले १ हजार, द्धितिय हुनेले ६ सय,तृतिय हुने विद्यार्थीले ५ सय र प्रमाणपत्र प्राप्त गरेका छन् । पुरस्कृत हुने विद्यार्थीलाई विद्यालयका प्रिन्सिपल कृष्ण प्रसाद पौडेलले पुस्कार हस्तान्तरण गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology