देवदह । सगरमाथा आवासीय माध्यमिक विद्यालयले कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई सम्मान गरेको छ । शुक्रवार एक कार्यक्रम बीच विद्यालयको कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुले कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई स्वागत गरेका हुन् ।
स्वागत कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य कृष्णप्रसाद पौडेलले शिक्षाले समाजलाई नेतृत्व गर्ने जनशक्ति उत्पादन गर्नुपर्ने बताए । 'समाजमा म राम्रो मान्छे बन्नुपर्छ भनेर अघि बढ्ने समय भनेको पढ्ने समय हो ।' प्राचार्य पौडेलले भने, 'तपाईंहरुसंग संसार जित्ने क्षमता छ । त्यो क्षमतामा निखारता ल्याउन सगरमाथा सहयोगी बन्छ ।'
कार्यक्रममा स्वर्णिम सगरमाथा कलेजका अध्यक्ष ऋषिराम सापकोटा, विद्यालयका अध्यक्ष डिल्लीराज मरासिनी, विद्यालयका सह-प्राचार्य प्रदिप अधिकारी लगायतले बोल्दै सगरमाथाको शैक्षिक बातावरण र शिक्षण सिकाई प्रक्रियाबारे चर्चा गरेका थिए ।
विद्यालयको कक्षा १२ की छात्रा आरती पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन दामोदर सापकोटा र कृति न्यौपानेले गरेका थिए । कार्यक्रममा विद्यालयका कक्षा ११-१२ संयोजक दिपेश मल्लसहित विद्यालयका शिक्षक एवं विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology