Logo

२०८३, कार्तिक २९गते


images
images

प्रतिनिधिसभा निर्वाचन

स्वागत नेपाल राप्रपामा प्रवेश, झापा-२ बाट उम्मेदवार बन्ने

स्वागत नेपाल राप्रपामा प्रवेश, झापा-२ बाट उम्मेदवार बन्ने

images
  • स्वागत नेपाल राप्रपामा प्रवेश, झापा-२ बाट उम्मेदवार बन्ने
    images

    काठमाडौँ । अधिवक्ता स्वागत नेपाल राप्रपामा प्रवेश गरेका छन् । नेपाललाई राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले पार्टी कार्यलयमा आयोजित कार्यक्रममा पार्टीमा स्वागत गरेका हुन्  ।  

    images
    images
    images

    राप्रपा प्रवक्ता मोहन कुमार श्रेष्ठका अनुसार नेपाललाई राप्रपाले झापा-२ बाट प्रतिनिधि सभाको उम्मेदवार समेत बनाएको छ ।

    images
    images
    images

    स्वागत नेपाल गत निर्वाचनमा झापा-२ मा स्वतन्त्र उम्मेदवार बन्दै नेकपा एमालेका देवराज घिमिरेसँग पराजित भएका थिए । दोस्रो स्थानमा रहदै उनले २६ हजार ४५५ मत प्राप्त गरेका थिए भने उनी २२६१ मत अन्तरले पराजित भएका थिए ।

    images
    images

    कार्यक्रममा वरिष्ठ पत्रकार गजेन्द्र बुढाथोकी र गोरखा निवासी हिन्दु युवा संयोजन अभियानका केदारमणि खनाल पनि राप्रपामा प्रवेश गरेका छन् । बुढाथोकीलाई राप्रपाले समानुपातिक उम्मेदवार बनाएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # स्वागत नेपाल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।