Logo

२०८३, आश्विन १०गते


images
images

नेपाल र भारतबीच भन्सार जाँचपास सहज बनाउन सूचना आदानप्रदान गर्ने सम्झौता

नेपाल र भारतबीच भन्सार जाँचपास सहज बनाउन सूचना आदानप्रदान गर्ने सम्झौता

images
  • नेपाल र भारतबीच भन्सार जाँचपास सहज बनाउन सूचना आदानप्रदान गर्ने सम्झौता
    images
    images

    काठमाडौँ । नेपाल र भारतबीच व्यापार सहजीकरण तथा भन्सार नियन्त्रणलाई प्रभावकारी बनाउन निकासी गरिने वस्तुहरू सीमामा आइपुग्नु अगावै सूचना आदानप्रदान गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

    images
    images
    images

    बुधबार भारतको नयाँ दिल्लीमा नेपालका तर्फबाट भन्सार विभागका महानिर्देशक श्याम प्रसाद भण्डारी र भारतका तर्फबाट केन्द्रीय अप्रत्यक्ष कर तथा सीमा शुल्क बोर्डका अध्यक्ष विवेक चतुर्वेदीले उक्त समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्।

    images
    images
    images

    अन्तर्राष्ट्रिय अभ्यास अनुरूप नेपालको प्रमुख व्यापारिक साझेदार मुलुक भारतसँग निकासी गर्ने वस्तुको तथ्याङ्क अब अग्रीम रूपमा आदानप्रदान हुनेछ। यस व्यवस्थाले जोखिम व्यवस्थापनमार्फत भन्सार जाँचपासको प्रक्रियालाई छिटो र छरितो बनाउने लक्ष्य राखेको छ।

    images
    images
    images

    समझदारी पत्रमा जोखिम विश्लेषणमार्फत भन्सार नियन्त्रण र व्यापार सहजीकरणलाई प्रभावकारी बनाउने, भन्सार प्रक्रियामा लाग्ने समय कटौती गर्ने र सुरक्षित अन्तर्राष्ट्रिय व्यापार सुनिश्चित गर्ने उल्लेख छ । साथै, राष्ट्रिय कानुनको सीमाभित्र रही विद्युतीय माध्यमबाट तथ्याङ्क आदानप्रदान गर्ने र सो सूचनाको उपयोग समझदारी पत्रको उद्देश्यमा मात्र सीमित रहने व्यवस्था गरिएको छ।

    सुरुवातमा दुवै पक्षबीच सहमति भएका तोकिएका वस्तुहरूमा नमुनाका रूपमा यो व्यवस्था लागू गरिनेछ भने त्यसपछि सबै वस्तुहरूमा कार्यान्वयनमा ल्याइने भन्सार विभागले जनाएको छ।

    हस्ताक्षर समारोहमा बोल्दै भन्सार विभागका महानिर्देशक भण्डारीले यो सम्झौताले दुई देशको भन्सार प्रशासनबीचको सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन् । उनले भने, ‘निकासी हुने वस्तुको आगमन पूर्व तथ्याङ्क आदान-प्रदानबाट जोखिम विश्लेषण गर्न सजिलो हुनेछ। यसले जोखिमपूर्ण वस्तुको निगरानी गर्न र इमानदार व्यवसायीलाई सहजीकरण गरी भन्सार जाँचपास छिटो बनाउन सहयोग पुग्नेछ।’

    त्यसैगरी, भारतीय पक्षबाट चतुर्वेदीले नेपालसँग यो महत्त्वपूर्ण समझदारी गर्न पाएकोमा खुसी व्यक्त गर्दै सम्झौताको शीघ्र कार्यान्वयनका लागि भारत प्रतिबद्ध रहेको बताए । नेपाल सरकार मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि भन्सार विभागले यो समझदारीलाई अन्तिम रूप दिएको हो । कार्यक्रममा दुवै देशका उच्च भन्सार अधिकारीहरूको उपस्थिति रहेको थियो।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भन्सार नियन्त्रण
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।