Logo

२०८३, आश्विन ३गते


images
images

अन्तर्राष्ट्रिय

मिडियाले मेरी श्रीमतीको जीवन नर्क बनायो : राजकुमार ह्यारी

मिडियाले मेरी श्रीमतीको जीवन नर्क बनायो : राजकुमार ह्यारी

images
  • मिडियाले मेरी श्रीमतीको जीवन नर्क बनायो : राजकुमार ह्यारी
    images
    images

    काठमाडौँ । बेलायतका राजकुमार ह्यारी लन्डनको उच्च अदालतमा आफ्नो बयानको क्रममा भावुक भएका छन् । मिडिया रिपोर्टका अनुसार उनले बेलायती मिडियाले आफ्नी श्रीमती मेघन मार्कलको जीवनलाई नर्क बनाएको बताएका छन् । धेरै घण्टाको सुनुवाइपछि उनले आँसु झार्दै जवाफ दिएको मिडिया रिपोर्टमा उल्लेख छ ।

    images
    images
    images

    रिपोर्ट अनुसार, यो मुद्दा डेली मेल पत्रिकाको प्रकाशकविरुद्ध चलिरहेको मुद्दासँग सम्बन्धित छ । राजकुमार ह्यारीले उच्च अदालतमा मिडियाले निरन्तर उनको व्यक्तिगत जीवनमा घुसपैठ गरेको आरोप लगाए । उनले पत्रकारहरूले वैध स्रोतहरू भन्दा गैरकानूनी माध्यमबाट उनको बारेमा व्यक्तिगत जानकारी सङ्कलन गरेको बताएका छन् ।

    images
    images
    images

    ह्यारीले अदालतमा भने- 'तिनीहरू अझै पनि मेरो पछि लागेका छन् । तिनीहरूले मेरी श्रीमतीको जीवनलाई पूर्ण नर्क बनाएका छन् ।'

    images
    images
    images

    राजकुमार ह्यारी सहित सात सेलिब्रेटीहरूले डेली मेलको प्रकाशक एसोसिएटेड न्यूजपेपर्स लिमिटेडलाई मुद्दा हालेका छन्, उनीहरुले विगत २० वर्षमा व्यक्तिगत जानकारी सङ्कलन गर्न अवैध तरिकाहरू प्रयोग गरिएको आरोप लगाएका छन् ।

    प्रकाशकले सबै आरोपहरू अस्वीकार गरेका छन् र विवादास्पद समाचार वैध स्रोतहरूमा आधारित भएको बताएका छन् । मुद्दा लगभग नौ हप्तासम्म चल्ने अपेक्षा गरिएको छ ।

    ह्यारीले निरन्तर मिडिया आक्रमण, उत्पीडन र जातिवादी लेखहरूका कारण, उनले र मेघनले २०२० मा शाही कर्तव्यहरू छोडेर अमेरिका सर्ने निर्णय गरेको पनि अदालतमा बताएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # राजकुमार ह्यारी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।