Logo

२०८३, कार्तिक २९गते


images
images

प्रतिनिधिसभा निर्वाचन

नवलपरासी क्षेत्र नं २ मा थापा नेपाली कांग्रेसको आधिकारीक उम्मेदवार

नवलपरासी क्षेत्र नं २ मा थापा नेपाली कांग्रेसको आधिकारीक उम्मेदवार

images
  • नवलपरासी क्षेत्र नं २ मा थापा नेपाली कांग्रेसको आधिकारीक उम्मेदवार
    images

    नवलपरासी । नवलपरासी क्षेत्र नम्बर २ मा देखिएको कांग्रेस उम्मेदवारी विवाद सल्टिएको छ । कांग्रेसको आधिकारिक उम्मेदवारको रुपमा भिमबहादुर थापा (भरत) ले टिकट पाएपछि उम्मेदवारीको विषयमा रहेको विवाद सल्टिएको हो । 

    images
    images
    images

    कांग्रेसको उम्मेदवारको रुपमा थापाले जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा पुगेर पहिलो उम्मेदवारी दर्ता गराएका थिए भने त्यस लगत्तै देबेन्द्रराज कँडेलले समेत कांग्रेसको उम्मेदवारको रुपमा उम्मेदवारी दिएपछि विवाद भएको थियो । थापाभन्दा पछि गएका कँडेलको उम्मेदवारीलाई निर्वाचन अधिकृतको कार्यालयले दर्ता नम्बर उल्लेख नगरी क्रमसंख्या मात्र राखेर कायम गरेको थियो ।

    images
    images
    images

    उम्मेदवारी विवादपछि आयोगले पहिलो दर्ता गर्नेलाई आधिकारिकता दिएपछि थापाको उम्मेदवारी कायम भएको हो । थापाको उम्मेदवारी कायम भएसँगै कँडेलको उम्मेदवारीलाई आयोगले रद्द गरिदिएको छ ।

    images
    images

    कँडेल निवर्तमान केन्द्रीय सदस्य एंव पूर्वगृहराज्यमन्त्री समेत हुन् । थापा सुनवल नगरपालिकाका पूर्व मेयर हुन् । नेपाली कांग्रेसबाट सातौं पटक उम्मेदवार हुने तयारी गरेका कँडेल ढिलो गरी दर्ता गराउँदा उम्मेदवारी रद्द भएको हो ।

    यसअघि भएका ६ वटा निर्वाचन मध्ये २०५१, २०५६ र २०७४ मा जीत हासिल गरेका थिए । उनी २०७९ को चुनावमा राप्रपाका धुव्रबहादुर प्रधानसँग १६ हजार बढी मतले पराजित भएका थिए । कँडेल २०६४ र २०७० सालको निर्वाचनमासमेत पराजित भएका थिए । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नवलपरासी क्षेत्र नं २
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।