Logo

२०८३, कार्तिक २९गते


images
images

राजनीति

राप्रपाबाट रुपन्देही–२ मा उम्मेदवार बनेकी थापाको उम्मेदवारी फिर्ता

राप्रपाबाट रुपन्देही–२ मा उम्मेदवार बनेकी थापाको उम्मेदवारी फिर्ता

images
  • राप्रपाबाट रुपन्देही–२ मा उम्मेदवार बनेकी थापाको उम्मेदवारी फिर्ता
    images

    बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रप्रा) बाट रुपन्देही-२ मा उम्मेदवारी मनोनयन दर्ता गराएकी कर्भिका थापाले उम्मेदवारी फिर्ता लिएकी छन् ।

    images
    images
    images

    थापाले स्थायी आवसीय अनुमतिपत्र (पिआर) परित्याग गरेको तीन महिना अवधि नपुगेकाले उम्मेदवारी फिर्ता लिएको जानकारी दिएकी छन् । नेपालको संविधानको धारा २९१ अनुसार विदेशमा बस्दा प्राप्त स्थायी आवासीय अनुमतिपत्र (पिआर) परित्याग गरेको तीन महिना अवधि पुगेपछि मात्र नेपालको कुनै पनि निर्वाचनमा उम्मेदवार बन्न पाउने व्यवस्था गरिएकोले उनले आफूविरुद्ध उजुरी नपरेपनि पार्टीको आग्रहमा उम्मेदवारी फिर्ता लिएको बताएकी हुन् ।

    images
    images
    images

    थापाले अध्ययनका क्रममा विदेशमा स्थायी आवास अनुमति (पिआर) लिएको भए पनि नेपाली नागरिकता र राहदानीबाहेक अन्य कुनै देशको नागरिकता वा राहदानी नलिएको स्पष्ट परेकी छन् ।

    images
    images

    उनले भनेकी छन्- 'कुनै विरोध र उजुरी नपरेको भए पनि राष्ट्रिय प्रजातन्त्र पार्टीले मनोनयन फिर्ता लिन अनुरोध गरेकाले, संविधानको मर्म र भावनाअनुसार मैले ठूलो मन गरेर आफ्नो उम्मेदवारी फिर्ता लिने निर्णय गरेकी छु । त्यसैले संविधानको मर्म र भावनाअनुसार मैले ठूलो मन गरेर आफ्नो उम्मेदवारी फिर्ता लिने निर्णय गरेकी छु । यसले मेरो सेवा भाव अन्त्य गर्दैन । म राजनीति भित्र वा बाहिर रहेर पनि, प्रविधि, उद्यमशीलता, युवा र महिलाको सशक्तिकरण तथा सुशासनका लागि निरन्तर काम गरिरहनेछु । सही समय र स्पष्ट कानुनी आधारका साथ म फेरि तपाईंहरूसामु उभिनेछु । '

    उम्मेदवार थापाको उम्मेदवारी फिर्ताको निवेदन आएको र आवश्यक अध्ययन भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    रुपन्देहीमा काँग्रेसबाट चुन्नप्रसाद पौडेल, एमालेबाट विष्णु पौडेल र रास्वपाबाट सुलभ खरेल र नेकपाबाट विश्वदीप पाण्डे उम्मेदवार रहेका छन् ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रुपन्देही–२
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।