Logo

२०८३, आश्विन ११गते


images
images

न्यूजील्याण्डविरुद्धको टी-२० सिरिजमा भारतको लगातार दोस्रो जित

न्यूजील्याण्डविरुद्धको टी-२० सिरिजमा भारतको लगातार दोस्रो जित

images
  • न्यूजील्याण्डविरुद्धको टी-२० सिरिजमा भारतको लगातार दोस्रो जित
    images
    images

    काठमाडौँ । भारतले न्यूजील्याण्डविरुद्धको टी-२० सिरिजमा लगातार दोस्रो जित हासिल गरेको छ ।

    images
    images
    images

    गएराती सम्पन्न खेलमा भारतले न्यूजील्याण्डलाई ७ विकेटले पराजित गरेको हो । न्यूजील्याण्डले दिएको २०९ रनको लक्ष्य पछाएको भारतले १५.२ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

    images
    images
    images

    भारतका लागि कप्तान सूर्यकुमार यादवले अविजित ८२ रन बनाएका थिए भने इशान किशनले ७६ रन बनाएका थिए । त्यस्तै शिभम दुवेले ३६ रन बनाएका थिए ।

    images
    images
    images

    यसअघि पहिला ब्याटिंग गरेको न्यूजील्याण्ड २० ओभरमा ६ विकेट गुमाएर २०८ रन बनाएको थियो । न्यूजील्याण्डका लागि कप्तान मिचेल सान्टनरले अविजित ४७ रन बनाएका थिए बने रचिन रविन्द्रले ४४ रन बनाएका थिए ।

    यो जितपछि ५ खेलको सिरिजमा भारतले २-० को अग्रता हासिल गरेको छ । यसअघि सम्पन्न पहिलो खेल पनि भारतले जितेको थियो । त्यसैगरी अब सिरिजको तेस्रो खेल आइतबार हुदैछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।