गुल्मी । गुल्मीको कालीगण्डकी गाउँपालिका वडा नम्बर सात भुर्तुङ्गको अँधेरिखोलामा नेपाली काँग्रेसको सिङ्गो गाउँनै एमालेमा बिलय भएको छ ।
विशेष गरि अँधेरिखोला नेपाली काँग्रेसको गढ क्षेत्र हो । नेपाली काँग्रेस बाट वडा सदस्यमा निर्बाचित गम बहादुर गुरुङ्गको गाउँ हो ।
नेकपा एमाले वडा कमिटी भुर्तुङ्गले छापचौरमा आयोजना गरेको कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा नेकपा एमालेका केन्द्रिय उपमहासचिव माननीय प्रदिप कुमार ज्ञवालीको हात बाट टीका खादा ग्रहण गर्दै श्रीप्रसाद गुरुङ्ग, नृप बहादुर गुरुङ ,तेज बहादुर गुरुङ्ग, बल बहादुर गुरुङ्ग, बेल बहादुर गुरुङ्ग, छम बहादुर छन्त्याल ,मेख बहादुर गुरुङ्ग, देबेन्द्र घले, तारा गुरुङ्ग लगायत ४८ जना नेपाली काँग्रेस परित्याग गरि एमाले प्रवेश गरेका हुन् ।
उनिहरु लामो समय देखि नेपाली काँग्रेस पार्टिमा कृयासिल रहँदै आएका थिय । कालीगण्डकीमा स्थानीय सरकारले बिकास समृद्धि ल्याउनुको सट्टा विभिन्न बिकृती बिसङ्गती अङ्गाल्दै भ्रष्टाचारमा लिप्त भएकाले एमाले पार्टी प्रती अग्रसर भएको नव प्रवेशी नृप बहादुर गुरुङ्गले बताए ।
कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै उपमहासचिव ज्ञवालीले नेपाली जनताको सुख:दुखको पार्टी एमाले रहेको बताए ।उक्त कार्यक्रममा जिल्ला कमिटी अध्यक्ष बालसिंह काउछा उपाध्यक्ष कृष्ण सुनारको विशेष उपस्तिथि रहेको थियो । विशेष अतिथिको रुपमा बोल्दै काउछाले संगठन निर्माणनै पार्टिको बलियो आधार रहेको बताए । उपाध्यक्ष सुनारले विभेद रहित समाज निर्माण गर्दै सामाजिक र आर्थिक बिकास आजको आवस्यकता संगै समानुपातिक समाज रुपान्तरण एमालेको मुख्य एजेण्डा भएकाले पछिल्लो समयमा देश भरी हजारौं कार्यकर्ता अन्य पार्टी परित्याग गरि एमाले प्रती आक्रसित भएको बताए । उक्त कार्यक्रममा स्थानीय जनसमुदायको व्यापक उत्साह संगै उपस्थिति रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology