Logo

२०८३, कार्तिक २९गते


images
images

बारामा आमा र छोराको धारिलो हतियार प्रहार गरी हत्या

बारामा आमा र छोराको धारिलो हतियार प्रहार गरी हत्या

images
  • बारामा आमा र छोराको धारिलो हतियार प्रहार गरी हत्या
    images

    बारा । बाराको परवानीपुर गाउँपालिका–१ रहरीया टोलमा गएराति आमा र छोराको धारिलो हतियार प्रहार गरी हत्या भएको छ ।

    images
    images
    images

    घटनामा प्रहरीले शंकाको आधारमा बुहारीलाई नियन्त्रणमा लिएको छ । ४६ वर्षीया सुमित्रा देवी र उनका ३० वर्षीय छोरा रामेश्वर मण्डलको आफ्नै घरमा सुतिरहेको अवस्थामा हत्या भएको हो ।

    images
    images
    images

    बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरका अनुसार घटनाको अनुसन्धानका लागि मृतकका परिवारकै २८ वर्षीया बुहारी मनिता देवीलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको छ । 

    images
    images

    गए राति करिब २ बजेको समयमा अज्ञात व्यक्ति घरभित्र प्रवेश गरी धारिलो हतियारले आक्रमण गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनामा घाइते भएका ५० वर्षीय जगरुप महतोको वीरगन्जस्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको छ । हाल घटनास्थलमै पुगेर प्रमाण संकलन तथा विस्तृत अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।