Logo

२०८३, आश्विन ९गते


images
images

बलिवुड

बलिवुड फिल्म बोर्डर- २ को पाँच दिनमै दुई सय करोड नाघ्यो

बलिवुड फिल्म बोर्डर- २ को पाँच दिनमै दुई सय करोड नाघ्यो

images
  • बलिवुड फिल्म बोर्डर- २ को पाँच दिनमै दुई सय करोड नाघ्यो
    images
    images

    काठमाडौँ । बलिवुड फिल्म बोर्डर- २ ले भारतीय बक्स अफिसमा शानदार शुरुवात गरेको छ । गत शुक्रबारदेखि रिलिज भएको बोर्डर- २ ले पहिलो पाँच दिनममा दुई करोडको आँकडा पार गरेको छ ।

    images
    images
    images

    फिल्मले मंगलबार भारतीय बक्स अफिसमा २३. ३१ करोड कमाई गरेर कुल २१६.७९ करोड कमाई गरेको  बलिवुड फिल्म विश्लेषक तरण आदर्शले जानकारी दिएका छन् । बोर्डर-२ ले शुक्रबार ३२.१०, शनिबार ४०.५९ करोड, आइतबार ५७.२० करोड, र सोमबार ६३.५९ करोड कमाई गरेको थियो ।

    images
    images
    images

    करिब २०० करोडमा बनेको यो फिल्म १९९७ मा रिलीज भएको सुपरहिट फिल्म बोर्डरको सिक्वेल हो । १९९७ मा बोर्डरले पहिलो दिनमा १.१० करोड कमाएको थियो । त्यस्तै फिल्मले त्यतिबेला कुल नेट बक्स अफिस कलेक्सन ३९.३० करोड गरेको थियो । 

    images
    images
    images

    बोर्डर- २ मा सनी देओल, वरुण धवन, दिलजीत दोसांझ, अहान शेट्टी, मोना सिंह, मेधा राणा, सोनम बाजवा र अन्या सिंहको प्रमुख भूमिका रहेको छ । अनुराग सिंह र निखिल नटराजनले लेखेको यस फिल्मका निर्देशक अनुराग सिंह हुन् । त्यस्तै यो फिल्म भूषण कुमार, कृष्ण कुमार, जे.पी. दत्ता र निधि दत्ता (टी-सिरीज फिल्म्स र जे.पी. फिल्म्सको ब्यानर अन्तर्गत) ले बनेको हो । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बोर्डर- २
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।