Logo

२०८३, आश्विन ११गते


images
images

दुर्घटनामा

विमान दुर्घटनामा निधन भएका महाराष्ट्रका उपमुख्यमन्त्री पवारको अन्त्यष्टि

विमान दुर्घटनामा निधन भएका महाराष्ट्रका उपमुख्यमन्त्री पवारको अन्त्यष्टि

images
  • विमान दुर्घटनामा निधन भएका महाराष्ट्रका उपमुख्यमन्त्री पवारको अन्त्यष्टि
    images
    images

    काठमाडौँ । भारतको महाराष्ट्रका पूर्व उपमुख्यमन्त्री अजित पवारको अन्तिम संस्कार गरिएको छ । 

    images
    images
    images

    बुधबार महाराष्ट्रको बारामतीमा विमान दुर्घटनामा निधन भएका पवारको बारामतीको काटेवाडीस्थित विद्या प्रतिष्ठान मैदानमा राजकीय सम्मानका साथ अन्तिम संस्कार गरिएको हो ।

    images
    images
    images

    उनलाई उनका दुई छोरा पार्थ र जय पवारले दागबत्ती दिएका थिए । अजितकी श्रीमती सुनेत्रा पवार, उनका दुई छोरा पार्थ र जय, उनका काका शरद पवार र उनकी छोरी सुप्रिया सुले अन्तिम संस्कारमा उपस्थित थिए ।

    images
    images
    images

    त्यस्तै भारतका केन्द्रीय गृहमन्त्री अमित शाह, भाजपा अध्यक्ष नितिन नवीन, केन्द्रीय मन्त्री नितिन गडकरी, गोवाका मुख्यमन्त्री प्रमोद सावन्त, पूर्व गृहमन्त्री सुशील कुमार शिन्दे, आन्ध्र प्रदेशका मन्त्री नारा लोकेश र महाराष्ट्र नवनिर्माण सेना प्रमुख राज ठाकरे पनि अन्तिम संस्कारमा पुगेका थिए । अन्त्येष्टिमा हजारौं मानिसहरू सहभागी थिए।

    बुधबार बिहान ८:४५ बजे पवारको चार्टर्ड विमान दुर्घटनाग्रस्त भएको थियो । ६६ वर्षका पवार सवार विमान बारामती विमानस्थलमा अवतरण गर्ने क्रममा विमान दुर्घटनाग्रस्त भएको थियो ।

    दुर्घटनामा पवारका सुरक्षा गार्ड, दुई पाइलट र एक महिला चालक दलका सदस्यसहित पाँच जनाको मृत्यु भएको थियो । पवारको निधनमा महाराष्ट्रमा तीन दिनको राजकीय शोक घोषणा गरिएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दुर्घटनामा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।