Logo

२०८३, कार्तिक २९गते


images
images

नयाँ दल गमलाका फूल हुन्, २-४ दिनमा ओइलिन्छन् : न्यौपाने

नयाँ दल गमलाका फूल हुन्, २-४ दिनमा ओइलिन्छन् : न्यौपाने

images
  • नयाँ दल गमलाका फूल हुन्, २-४ दिनमा ओइलिन्छन् : न्यौपाने
    images

    देवदह । नेकपा एमालेबाट रुपन्देही क्षेत्र नं १ का उम्मेद्धार दधिराम न्यौपानेले नयाँ दल गमलाका फूल भएको र २-४ दिनमा ओइलिने बताएका छन् । बिहिवार  पार्टीको तिलोत्तमा ११, १२, १० र १७ तथा देवदह नगरपालिका १ र २ को विस्तारित भेलालाई सम्बोधन गर्दै उनले एमाले पुस्तौं-पुस्ताको पार्टी भएको दावी गरे । 

    images
    images
    images

    'नयाँ दलहरु गमलाको फूल जस्तै हुन्, फुुल्ले बेलासम्म राम्रो देखिएपनि आयु २-४ दिनको मात्र हुन्छ ।' उनले भने, अहिले बजारमा चलेको हल्लाको पछि नलाग्नु होस् ।'

    images
    images
    images

    उनले एमालेको सरकारले मात्र रोहिणीमा पुल र जलाधार निर्माण गर्न सक्ने बताए । आफुले जितेपछी आम रुपन्देही क्षेत्र न १ का जनताको भावनालाई सम्बोधन गर्ने दावी गर्दै उनले कसैलाई पनि निरास हुन नदिने बताए । 
     
    तिलोत्तमा ११, १०, १२, १७ र देवदह नगरपालिका १ र २ शाखा कमिटीको विस्तारित भेलाले निर्वाचन परिचालन संगै विभिन्न जिम्मेवारी समेत बाडफाड गरेको   पार्टीले जनाएको छ । विस्तारित भेलाले निर्वाचन परिचालन, युवा परिचालन, विद्यार्थी परिचालन, महिला परिचालन, कार्यालय व्यवस्थापन, जनप्रतिनिधि समन्वय लगायतका विभिन्न उपसमिति गठन गरिएको पार्टीका रुपन्देही क्षेत्र नं १ का सचिव सुरेन्द्र श्रीले  जानकारी दिए । 

    images
    images

    विस्तारित बैठकमा पार्टीका केन्द्रिय अनुशासन आयोगका सदस्य डा. कृष्णप्रसाद न्यौपाने, एमाले रुपन्देही जिल्ला अध्यक्ष यज्ञ गैरे लगायतले बोलेका थिए । 

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।