लुम्बिनी । थाइल्याण्डको राजपरिवारकी सदस्य सिनेनाथ बिलासकल्यानी बुद्ध जन्मस्थल लुम्बिनी आइपुगेकी छिन् । उनले शुक्रबार विहान ९ बजे बुद्ध जन्मस्थल मायादेवी मन्दिर दर्शन गर्ने कार्यक्रम रहेको थाइ राजकिय विहारले जनाएको छ । उनि हिजो भारतको सुनौली नाका हुँदै लुम्बिनी आएकी हुन् ।
उनलाई राजकिय विहारमा नेपाली महिलाहरुले स्वागत गरेका थिए । उनले केही समय नेपाली महिलाहरुसंग भलाकुसारी समेत गरेकी थिइन् ।
४१ वर्षीया बिलासकल्यानी थाई राजा महावजिरालङकोर्नकी श्रीमती हुन् । राजाले उनलाई शाही नोबल कन्सर्ट (अति विशिष्ट राजपरिवार सदस्य) उपाधि प्रदान गरेका छन् । त्यस्तै राजाले उनलाई भिक्षु भिक्षुणीलाई प्रदान गर्ने चौखुन फ्राको उपाधि पनि प्रदान गरेका छन् ।
प्रतिनिधि मण्डलको प्रतिनिधिन्व गर्दै बुद्धले महापरिनिर्वाणको समयमा भनेको चार प्रमुख स्थल बोद्धगया, सारनाथ,कुशीनगर र लुम्बिनीको तीर्थाटनमा निस्केकी उनि भारतका तीन स्थाको दर्शन सकेर नेपाल आएकी हुन् ।
उनी आजै थाई एयर फोर्सको चार्टर्ड विमान ७३७ बोईङमार्फत २ बजे थाइल्याण्ड फर्कने कार्यक्रम रहेको दुतावासले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology