Logo

२०८३, कार्तिक २९गते


images
images

राजनीति

काँग्रेसको अनुहार मात्र होइन सोच र शैली पनि बदलिएको छ : गगन थापा

काँग्रेसको अनुहार मात्र होइन सोच र शैली पनि बदलिएको छ : गगन थापा

images
  • काँग्रेसको अनुहार मात्र होइन सोच र शैली पनि बदलिएको छ : गगन थापा
    images

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले कांग्रेस सोच र शैलीमै बदलिएर आएको बताएका छन् ।

    images
    images
    images

    शनिबार काँग्रेस काठमाडौं-४ को निर्वाचन परिचालन मुल समिति गठन समारोहमा बोल्दै सभापति थापाले कांग्रेसमा अनुहार मात्र बदलिएको नभएर सोच र शैलीमै बदलिएको बताएका हुन् । उनले भने- 'नेपाली कांग्रेस पार्टीको सोच बदलिएको छ, संकल्प बदलिएको छ, यसको शैली बदलिन्छ र यसको अब काम बदलिन्छ । यसले दिने परिणाम पनि बदलिएर नयाँ आउँछ ।'

    images
    images
    images

    कांग्रेस पार्टी पुरानो भएकोमा गर्व रहेको बताउदै सभापति थापाले पुरानो कांग्रेसका राम्रा कुरालाई स्वीकार गरेरै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनले नागरिकमा अहिले देशमा सुशासन होस् भन्ने अपेक्षा रहेको बताउदै काँग्रेसले जनताको अपेक्षा अनुसार नै अगाडी बढ्ने स्पष्ट गरे । 

    images
    images

    साथै उनले अब नयाँ स्थानीय चुनाव र प्रदेशको चुनावभन्दा अगाडि पार्टीको महाधिवेशन हुने बताउदै कांग्रेसको नयाँ महाधिवेशनले पार्टीभित्रका सबै कुरालाई सम्बोधन गर्ने बताए ।  अहिले समय अभावका कारण आफुले सोचे जस्तो उम्मेदवार छनौट गर्न नसकेको बताउदै सभापति थापाले अब कांग्रेसमा उम्मेदवारको टिकटका लागि आकांक्षी कसैले पनि सभापति र महामन्त्रीको घर धाउनु नपर्ने दाबि गरे । उनले अब आउने चुनावमा तल्लो तहमै प्राइमेरी चुनावबाट उम्मेदवार छान्ने स्पष्ट गरे ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।