Logo

२०८३, कार्तिक २९गते


images
images

प्रतिनिधी सभा निर्वाचन

पाल्पा–लुम्बिनी जोडेर पर्यटन प्रवर्द्धन गर्ने पाण्डेयको प्रतिबद्धता

पाल्पा–लुम्बिनी जोडेर पर्यटन प्रवर्द्धन गर्ने पाण्डेयको प्रतिबद्धता

images
  • पाल्पा–लुम्बिनी जोडेर पर्यटन प्रवर्द्धन गर्ने पाण्डेयको प्रतिबद्धता
    images

    बुटवल । नेपाली कम्यूनिष्ट पार्टी (नेकपा) नेता तथा पाल्पा क्षेत्र नम्बर-२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार सोमप्रसाद पाण्डेयले पाल्पा र लुम्बिनीलाई प्रभावकारी रूपमा जोड्न सके जिल्लाको पर्यटन विकासले ठूलो फड्को मार्ने बताएका छन् । आइतबार बुटवलमा आयोजित पत्रकार भेटघाटमा उनले सिद्धबाबा सुरूङमार्ग र बुटवल-पोखरा डेलिकेटेड सडक निर्माणका लागि आफूले नै पहल गरेको दाबी गर्दै यसले पाल्पाको समग्र आर्थिक गतिविधि तीव्र बनाउने विश्वास व्यक्त गरे ।

    images
    images
    images

    कार्यक्रममा पाण्डेयले ‘जेनजी’ आन्दोलनपछि संकटमा परेको मुलुकलाई सही अवतरण गराउन राजनीतिक दलहरूले सचेत भूमिका निर्वाह गर्नुपर्ने समय आएको बताए । उनले आन्दोलनभित्र सम्भावित खतरा लुकेको संकेत गर्दै संविधान, गणतन्त्र र राष्ट्रिय एकताको रक्षाका लागि सबै राजनीतिक शक्ति एकजुट हुनुपर्नेमा जोड दिए ।

    images
    images
    images

    ‘जेनजी’ आन्दोलनका माग र उद्देश्य जायज भए पनि भदौ २४ गते भएको आगजनी घटनाले देशको स्वाधीनता र स्वतन्त्रतामा आँच पुग्न सक्ने अवस्था सिर्जना गरेको उनको भनाइ थियो । आउँदो निर्वाचनमार्फत् मुलुकलाई स्थायित्व र सही दिशामा लैजानुपर्ने आवश्यकता औंल्याउँदै उनले सबै दल मिलेर संकटमुक्त राष्ट्र निर्माणतर्फ अघि बढ्नुपर्ने बताए ।

    images
    images

    ‘सबै राजनीतिक दल एक भएर मुलुकलाई संकटमुक्त बनाउनुपर्ने अवस्था छ, गणतन्त्र जोगाउनुपर्छ,’ पाण्डेयले भने, ‘अँध्यारो कोठामा बसेर तानाबाना बुन्ने गतिविधिप्रति सजग रहन जरुरी छ।’

    नयाँ राजनीतिक दलप्रति लक्षित गर्दै पाण्डेयले स्पष्ट सिद्धान्त, योजना र कार्यनीतिविनै प्रधानमन्त्री बनेर देश विकास गर्ने कुरा सम्भव नहुने दाबी गरे । ‘कुनै इजम, दृष्टिकोण र दीर्घकालीन योजनाबिना देशको नेतृत्व गर्न सकिँदैन,’ उनले भने, ‘विश्वमा कि पूँजीवाद हुन्छ कि समाजवाद। नयाँ पार्टीमा कुनै वाद नै छैन।’

    पाल्पाको विकास र समृद्धिलाई थप गति दिन आफू पुनः उम्मेदवार बनेर जनतासमक्ष आएको उनले बताए । पाल्पाबाट संसदीय यात्रा सुरु गरेको तीन दशक पुगेको उल्लेख गर्दै उनले जिल्लामा बाँकी रहेका अधूरा योजना सम्पन्न गर्ने र नयाँ आयोजना भित्र्याउने लक्ष्यसहित निर्वाचनमा होमिएको स्पष्ट पारे ।

    ‘पाल्पाली जनताले मप्रति ठूलो भरोसा गरेका छन्,’ पाण्डेयले भने, ‘सांसद र मन्त्री हुँदा प्रधानमन्त्री र अर्थमन्त्रीको गृहजिल्ला सरहका योजना पाल्पामा ल्याएँ। मेरो पहलमा जिल्लामा तीन सयभन्दा बढी योजना आए, धेरै पूरा भए, केही बाँकी छन्। ती बाँकी पूरा गर्ने र थप नयाँ भित्र्याउन उम्मेदवार बनेको हुँ।’

    जनताबाट प्राप्त सद्भाव र समर्थनले आफू उत्साहित बनेको बताउँदै उनले तानसेनलाई भक्तपुरजस्तै ऐतिहासिक सहरको मोडलमा विकास गर्दै लुम्बिनीसँग जोड्ने योजना रहेको सुनाए । पाल्पा–लुम्बिनी जोडिएपछि धार्मिक तथा सांस्कृतिक पर्यटन विस्तार भई स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने उनको धारणा थियो ।

    गत निर्वाचनमा एकीकृत समाजवादीबाट उम्मेदवार बनेका उनी एमालेका ठाकुर गैरेसँग पराजित भएका थिए । यसपटक पनि पाण्डेय, गैरे र नेपाली कांग्रेसका हिमालदत्त श्रेष्ठ उम्मेदवार रहेकाले पाल्पा–२ मा त्रिपक्षीय प्रतिस्पर्धा हुने आकलन गरिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सोमप्रसाद पाण्डेय
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।