Logo

२०८३, आश्विन ११गते


images
images

विवादका बीच श्रीलंका पुग्यो विश्वकप खेल्ने पाकिस्तानी टिम

विवादका बीच श्रीलंका पुग्यो विश्वकप खेल्ने पाकिस्तानी टिम

images
  • विवादका बीच श्रीलंका पुग्यो विश्वकप खेल्ने पाकिस्तानी टिम
    images
    images

    काठमाडौँ । पाकिस्तान आइसीसी टी-२० विश्वकप २०२६ खेल्न श्रीलंका पुगेको छ । विश्वकपमा फेब्रुअरी १५ मा हुने भारतविरुद्ध नखेल्ने निर्णय गरेको पाकिस्तानको टिम श्रीलंका पुगेको हो ।

    images
    images
    images

    पाकिस्तानले बंगलादेशलाई विश्वकपबाट बाहिर गरेकोप्रति विरोध गर्दै भारतविरुद्धको फेब्रुअरी १५ को खेल नखेल्ने निर्णय गरेको छ । यस विषयमा आइसीसीले कस्तो निर्णय लिन्छ भन्ने स्पष्ट भएको छैन । तर आइसीसीले विश्वकपका खेल खेल्न अनिवार्य रहेको चेतावनी दिइसकेको छ । 

    images
    images
    images

    पाकिस्तान क्रिकेट बोर्डले सलमान अली अघाको कप्तानीमा १५ सदस्यीय विश्वकप खेल्ने टिमको घोषणा गरेको छ ।

    images
    images
    images

    टी-२० विश्वकपका लागि १५ सदस्यीय टोली: सलमान अली अघा (कप्तान), अबरार अहमद, बाबर आजम, फहीम अशरफ, फखर जमान, ख्वाजा मोहम्मद नाफे (विकेटकिपर), मोहम्मद नवाज, मोहम्मद सलमान मिर्जा, नसीम शाह, साहिबजादा फरहान (विकेटकिपर), सैम अयुब, शाहीन शाह अफ्रिदी, शडाब खान, उस्मान खान (विकेटकीपर) र उस्मान तारिक ।

    आइसीसी पुरुष टी–२० विश्वकप फेब्रुअरी ७ देखि सुरु हुँदैछ । प्रतियोगितामा नेपालसहित कुल २० देशले सहभागिता जनाउँदैछन् । विश्वकपको समूह ‘ए’ मा आयोजक राष्ट्र भारत, पाकिस्तान, संयुक्त राज्य अमेरिका, नेदरल्यान्ड्स र नामिबिया छन्। त्यस्तै समूह ‘बी’ मा आयोजक राष्ट्र श्रीलंका, अस्ट्रेलिया, आइरल्यान्ड, जिम्बाब्वे र ओमान रहेका छन् । टी–२० विश्वकप खेल्ने समूह ‘सी’ मा नेपाल, वेस्ट इन्डिज, स्कटल्याण्ड, इटाली र इङल्याण्ड रहेका छन् । समूह ‘डी’ मा भने न्युजिल्यान्ड, दक्षिण अफ्रिका, अफगानिस्तान, क्यानडा र युएई रहेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विश्वकप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।