Logo

२०८३, श्रावण ३१गते


images
images

पारित भएपछि एमसीसी बारे बोल्दै एमालेले भन्यो, 'हामीलाई पारित गर्ने प्रक्रियामा वञ्चित गरियो'

पारित भएपछि एमसीसी बारे बोल्दै एमालेले भन्यो, 'हामीलाई पारित गर्ने प्रक्रियामा वञ्चित गरियो'

images
  • पारित भएपछि एमसीसी बारे बोल्दै एमालेले भन्यो, 'हामीलाई पारित गर्ने प्रक्रियामा वञ्चित गरियो'
    images
    images

    काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सत्तामा रहेका दलहरूले एमालेलाई वञ्चित गरेको बताएका छन् । काठमाडौँमा मंगलबार गरिएको पत्रकार सम्मेलनमा बोल्दै ज्ञवालीले एमसीसी पारित गर्ने प्रक्रियाबाट बाहिर राख्न सत्तामा रहेका दलले षड्यन्त्र गरेको आरोप लगाए 

    images
    images
    images

    उनले भने–‘राष्ट्रिय हितको वास्ता नगरी आफ्नै छुद्र निजी स्वार्थ पूरा गर्न खोज्ने उनीहरूका बोली र व्यवहारमा रहेको अवसरवादी छेपारेपनले सत्ता सञ्चालक पार्टी र तिनका नेताहरूको अविश्वसनीयता समेत उदाङ्गो भएको छ । प्रतिनिधि सभाको दुवै बैठकमा हामीलाई एमसीसी पारित गर्ने प्रक्रियामा वञ्चित गरियो । देशको प्रमुख प्रतिपक्षलाई यस प्रक्रियाबाट बाहिर राख्ने सत्ताधारी दलको षड्यन्त्रपूर्ण व्यवहार पनि स्पष्ट भएको छ । संसद्को सबैभन्दा ठूलो दल एमालेलाई वेलमा राखेर संसद्मा अवरोधका बिच यस्तो संवेदनशील विषयमा निर्णय गरिएको छ ।’

    images
    images
    images

    उनले सभामुख अग्नि सापकोटा सभामुख पदका लागि अयोग्य भएको टिप्पणी समेत गरेका छन् । एमसीसी पारित गर्ने क्रममा सभामुखले असक्षम व्यवहार देखाएको, एमसीसी टेबल गराउनु परे आत्महत्या गर्ने भन्ने र गठबन्धनको इच्छा पूर्ति अनुसार काम गर्ने, दलको कार्यकर्ताको रूपमा भूमिका खेलेको आरोप लगाए । 

    images
    images
    images

    उनले एमसीसी पारित गर्ने क्रममा प्रयोग भएको भाषा लगायतका विषयमा सत्ता गठबन्धनमा रहेका नेताहरूको अज्ञानता देखाएको दाबी गरेका छन् । प्रदीप ज्ञवालीले सत्तागठबन्धनमा रहेका दलहरूले एमसीसी सम्झौता गरेको र उनीहरुले नै आफ्नो पार्टी विभाजन गरेको आरोप लगाए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एमाले
  • # एमसीसी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।