Logo

२०८३, कार्तिक २९गते


images
images

समाचार

राष्ट्रपति पौडेल र जापानका सम्राट नारुहितोबीच शिष्टाचार भेट

राष्ट्रपति पौडेल र जापानका सम्राट नारुहितोबीच शिष्टाचार भेट

images
  • राष्ट्रपति पौडेल र जापानका सम्राट नारुहितोबीच शिष्टाचार भेट
    images

    काठमाडौँ । जापान भ्रमणमा रहेका राष्ट्रपति रामचन्द्र पौडेल र जापानका सम्राट नारुहितोबीच शिष्टाचार भेट सम्पन्न भएको छ । 

    images
    images
    images

    मंगलबार टोकियोस्थित इम्पेरियल प्यालेसमा भएको भेटका क्रममा नेपाल-जापानबीचको ऐतिहासिक मित्रता, आपसी सहकार्य तथा द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा विचार विमर्श भएको जनाइएको छ ।

    images
    images
    images

    राष्ट्रपति पौडेल नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं वर्षगाँठका अवसरमा जापान सरकारको निमन्त्रणामा शनिबार राति जापान प्रस्थान गरेका थिए ।

    images
    images

    राष्ट्रपति पौडेलले आजै  जापानका प्रधानमन्त्री सनई ताकाइचीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । भ्रमण सम्पन्न गरी राष्ट्रपति पौडेल माघ २१ गते सोही स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जापान
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।