काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ।
बुधबार दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्ने संघीय संसद सचिवालयले जानकारी दिएको छ।
गत आइतबार एमसिसी अनुमोदन गरेपछि बैठक स्थगित गरिएको थियो।
आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले सूचना आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यक्रम छ।
साथै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले दुइटा प्रस्ताव पेश गर्दैछन्।
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक र नेपाल हवाई सेवा प्राधिकरण विधेयक प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology