Logo

२०८३, आश्विन ९गते


images
images

किशोरीलाई क्यान्सरविरुद्धको खोप

किशोरीलाई क्यान्सरविरुद्धको खोप अभियान सुरु, ३ लाख ५० हजार खोप लगाइने

किशोरीलाई क्यान्सरविरुद्धको खोप अभियान सुरु, ३ लाख ५० हजार खोप लगाइने

images
  • किशोरीलाई क्यान्सरविरुद्धको खोप अभियान सुरु,  ३ लाख ५० हजार खोप लगाइने
    images
    images

    काठमाडौँ । सरकारले आजदेखि फागुन १५ गतेसम्म ११ देखि १४ वर्ष उमेरका किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप अभियान शुरु गरेको छ ।

    images
    images
    images

    स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले आजदेखि फागुन १५ गतेसम्म खोप अभियान सञ्चालन गर्ने जानकारी दिएको छ ।

    images
    images
    images

    महाशाखाले आ–आफ्नो विद्यालय, नजिकैको विद्यालय वा स्वास्थ्य संस्थामा गएर खोप लगाउन सकिने जानकारी दिएको छ । त्यस्तै कक्षा ६ मा अध्ययन गर्ने सबै छात्राले यो खोप लगाउनु पर्ने र गतबर्षको अभियानमा छुट भएका कक्षा ७ देखि १० कक्षासम्म अध्ययन गर्ने छात्रा तथा ११ देखि १४ बर्षसम्मका विद्यालय बाहिर रहेका गरी कुल ३ लाख ५० हजार किशोरीलाई खोप लगाउने तयारी गरिएको छ । 

    images
    images
    images

    सरकारले गत वर्ष ६ देखि १४ वर्षसम्मका करिब १६ लाख छात्रालाई खोप लगाएको थियो । यस वर्षबाट एपीभी खोपलाई नियमित खोप अभियान अन्तर्गत राखेर लगाउन लागेको हो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # खोप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।