Logo

२०८३, आश्विन ११गते


images
images

धनुषवाण प्रतियोगितामा देवदह धनुषवाण क्लब प्रथम

धनुषवाण प्रतियोगितामा देवदह धनुषवाण क्लब प्रथम

images
  • धनुषवाण प्रतियोगितामा देवदह धनुषवाण क्लब प्रथम
    images
    images

    देवदह । देवदहमा जारी तिन दिवसीय धनुषवाण प्रतियोगिताको उपाधि देवदह धनुषवाण क्लबले जितेको छ । प्रतियोगितामा सर्वाधिक अंक प्राप्त गर्दै आयोजक संस्था देवदह धनुषवाण क्लबको समूह 'ए' प्रथम भएको क्लबका अध्यक्ष लक्ष्मण सिंजिकाले जानकारी दिए ।   

    images
    images
    images

    प्रतियोगितामा आयोजक समूहकै समूह 'बि' द्धितीय भएको छ भने सैनामैना आर्चरी क्लब तृतीय हुन सफल भएको छ । 

    images
    images
    images

    देवदहकै यम बहादुर पुर्जाले बेस्ट सुटरको उपाधि प्राप्त गर्दा बेष्ट खोलेको उपाधि थकाली युवा समिति बुटवलका कृष्ण शेरचनले पाएका छन् । 

    images
    images
    images

    प्रतियोगितामा प्रथम हुनेलाई २० हजार, द्धितीय हुनेलाई १५ हजार र तृतीय हुनेलाई १० हजार रुपैयाँ नगदसहित पुरस्कृत गरिएको छ । उत्कृष्ट शट र उत्कृष्ट खोलेलाई पनि नगद पुरस्कारसहित सम्मान गरिएको आयोजकले जनाएको छ । 

    प्रतियोगितामा पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, कपिलवस्तु, रुपन्देही र नवलपरासीका ७० जना खेलाडी सहभागी थिए  । 

    सैनामैना आर्चरी क्लब, अरनिको आर्चरी, थकाली सेवा समिति, गुल्मी झापाक आर्चरी क्लब, छन्त्याल आर्चरी क्लब लगायतले प्रतियोगितामा संस्थागत रुपमै सहभागिता जनाएका थिए । 

    वि. सं. २०४० देखि नै अग्रजहरुले देवदहमा खेल्दै आएको धनुषबाण खेल २०६० बाट प्रतियोगिताको रूपमा संचालन हुँदै आएको छ । 

    २०८० मा गठन भएको देवदह आर्चरी क्लबले हरेक वर्ष प्रतियोगिता संचालन गर्दै आएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # धनुषवाण
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।