Logo

२०८३, आश्विन ११गते


images
images

खेल

विश्वकप चलिरहेका बेला भारतका ओपनर अभिषेक शर्मा अस्पताल भर्ना

विश्वकप चलिरहेका बेला भारतका ओपनर अभिषेक शर्मा अस्पताल भर्ना

images
  • विश्वकप चलिरहेका बेला भारतका ओपनर अभिषेक शर्मा अस्पताल भर्ना
    images
    images

    काठमाडौँ । टी-२० विश्वकप चलिरहेका बेला भारतीय क्रिकेट टिमका ब्याट्सम्यान अभिषेक शर्मा विरामी भएका छन् ।

    images
    images
    images

    उनको पेटमा संक्रमणका कारण अस्पतालमा भर्ना भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । पछिल्ला दुई दिनदेखि दिल्लीको एक निजी अस्पतालमा उपचाररत अभिषेकका कारण बिहीबार नामिबियाविरुद्ध हुने खेलमा उनको सहभागिता कठिन देखिएको छ ।

    images
    images
    images

    अभिषेकको स्वास्थ्य अवस्था बुझ्न आवश्यक परीक्षणहरू भइरहेको छ र कहिले डिस्चार्ज हुने भन्ने अझै स्पष्ट नभएको बताइएको छ । यसैबीच, यदि उनी फिट नभए संजू सैमसन र ईशान किशनले ओपनिङ गर्ने विकल्प भारतसँग रहेको छ ।

    images
    images
    images

    यसैबीच, भारतका लागि सकारात्मक खबर भने जसप्रीत बुमराह र वासिङ्टन सुन्दर फिट हुनु हो । बुमराहले अभ्यास सत्रमा पूर्ण गतिको बलिङ गरेका छन् भने वासिङ्टन सुन्दर पनि चोटबाट उबरिएर टोलीमा फर्किएका छन् ।

    जारी विश्वकपको समुह ए मा रहेको भारतले पहिलो खेलमा अमेरिकालाई पराजित गरेर विजयी शुरुवात गरेको थियो ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।