Logo

२०८३, कार्तिक २९गते


images
images

मतदाता शिक्षा

देशभरका ६ हजार ७४३ वडामा मतदाता शिक्षा स्वयंसेवक परिचालन हुने

देशभरका ६ हजार ७४३ वडामा मतदाता शिक्षा स्वयंसेवक परिचालन हुने

images
  • देशभरका ६ हजार ७४३ वडामा मतदाता शिक्षा स्वयंसेवक परिचालन हुने
    images

    काठमाडौं । निर्वाचन आयोगले फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि देशभर निर्वाचन शिक्षा तथा मतदाता शिक्षा कार्यक्रम संचालन गर्ने भएको छ ।

    images
    images
    images

    आम नागरिकलाई मताधिकारको महत्व र मतदानको प्रक्रियाका विषयमा जानकारी दिने उद्देश्यले आयोगबाट स्वीकृत विशेष कार्यक्रम अनुसार यही फागुन ३ देखि १७ गतेसम्म देशभरका ७५३ स्थानीय तहका ६ हजार ७४३ वडाहरूमा एक–एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन हुने भएको हो । त्यसरी खटिएका स्वयंसेवकले आम मतदाताको वस्ती र घरदैलोमा पुगेर नमूना मतपत्रको माध्यमवाट निर्वाचनको महत्व र मतदान प्रक्रियाका बारेमा मतदातालाई जानकारी गराउने आयोगले जनाएको छ ।

    images
    images
    images

    आयोगले आमसञ्चार माध्यमवाट विभिन्न किमिसका मतदाता शिक्षा सामग्री उत्पादन गरी प्रकाशन एवम् प्रसारण गर्ने तयारी गरिरहेको तथा विभिन्न सरोकारवालाहरूसँग छलफल एवम् अन्तक्रियाका माध्यमबाट पनि मतदाता शिक्षालाई प्रभावकारी बनाउने कार्य भइरहेको जानकारी दिएको छ ।

    images
    images

    प्रभावकारी मतदाता शिक्षाले निर्वाचनमा मतदाताको सहभागिता बढाउनेदेखि बदर मतको अनुपात न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले यस कार्यमा सहयोग, समन्वय र सहजीकरणको लागि सातै प्रदेश सरकार, ७५३ स्थानीय तह, निर्वाचनको प्रतिस्पर्धामा रहेका राजनीतिक दल, उम्मेदवार तथा सञ्चार जगतलगायत सम्पूर्ण सरोकारवालाहरूमा आयोग अनुरोध समेत गरेको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मतदाता शिक्षा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।