Logo

२०८३, आश्विन ११गते


images
images

इङलिश प्रिमियर लिग

लगातार खराब प्रदर्शनपछि टोटेनहमका प्रशिक्षक थोमस फ्राङ्क बर्खास्त

लगातार खराब प्रदर्शनपछि टोटेनहमका प्रशिक्षक थोमस फ्राङ्क बर्खास्त

images
  • लगातार खराब प्रदर्शनपछि टोटेनहमका प्रशिक्षक थोमस फ्राङ्क बर्खास्त
    images
    images

    काठमाडौँ । इङलिश प्रिमियर लिग क्लब टोटेनहम हटस्परले मुख्य प्रशिक्षक थोमस फ्राङ्कलाई बर्खास्त गरेको छ । लगातार आठ खेल जितविहीन बनेपछि क्लबले यस्तो निर्णय गरेको हो ।

    images
    images
    images

    मंगलबार न्यूक्यासलसँग २-१ ले घरेलु मैदानमै पराजित भएपछि समर्थकहरूले असन्तुष्टि जनाएका थिए । उक्त हारसँगै टोटेनहम रेलिगेशन जोनभन्दा केवल पाँच अंक माथि मात्र रहेको छ । यस सिजन प्रिमियर लिगका २६ खेलमध्ये ११ खेलमा हार बेहोरेको टिमले सन् २०२६ मा एक पनि लिग जित निकाल्न सकेको छैन ।

    images
    images
    images

    डेनमार्कका फ्राङ्क गत जुन २०२५ मा एन्ज पोस्टेकोग्लुको स्थानमा नियुक्त भएका थिए । उनले च्याम्पियन्स लिगको लिग चरणमा टिमलाई चौथो स्थानसम्म पुर्‍याए पनि घरेलु लिगमा भने निराशाजनक प्रदर्शन रह्यो । प्रिमियर लिगमा उनको औसत अंक १.१२ प्रति खेल (२६ खेलमा २९ अंक) मात्र रहेको छ, जुन पाँचभन्दा बढी खेल सम्हालेका टोटेनहमका कुनै पनि प्रशिक्षकको सबैभन्दा कमजोर तथ्यांक भएको बताइएको छ ।

    images
    images
    images

    क्लबले विज्ञप्ति जारी गर्दै परिणाम र प्रदर्शनका आधारमा सिजनको यस चरणमा परिवर्तन आवश्यक ठानेको जनाएको छ । फ्राङ्कले भने आफू नै सही व्यक्ति भएको दाबी गर्दै कठिन परिस्थितिमा धैर्यता आवश्यक पर्ने बताएका थिए ।

    अब टोटेनहमले नयाँ प्रशिक्षक नियुक्तिका लागि वैकल्पिक योजना अघि बढाएको जनाएको छ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # टोटेनहम
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।