Logo

२०८३, कार्तिक २९गते


images
images

मैले काम गरेरै क्षेत्रबासीको आत्मसम्मान बढाउँछु : राप्रपा उम्मेदवार बोहरा

मैले काम गरेरै क्षेत्रबासीको आत्मसम्मान बढाउँछु : राप्रपा उम्मेदवार बोहरा

images
  • मैले काम गरेरै क्षेत्रबासीको आत्मसम्मान बढाउँछु : राप्रपा उम्मेदवार बोहरा
    images

    देवदह । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देही क्षेत्र नम्बर १ का उम्मेदवार प्रज्जवल बोहरा (प्रशान्त)ले क्षेत्रबासीको आत्मसम्मान बढाउन आफू लागिपर्ने प्रतिबद्धता जनाएका छन् । उनले हाम्रो प्रतिनिधिले यस्तो गलत गर्यो भन्ने अवस्था आउन नदिने जनाए ।

    images
    images
    images

    क्षेत्रका विभिन्न स्थानमा भएका कार्यक्रमहरुमा बोल्दै बोहराले भने, ‘विगतका जनप्रतनिधिले विसकाका मुद्दा उठाएनन्, फर्किएर आएनन् र आत्मासम्मान अभिबृद्धिमा केही गरेनन् भन्ने गुनासो धेरै सुनेको छु । म तपाईंहरुलाई विश्वास दिलाउँछु, कहिल्यै पनि म बाट मन दुख्न दिने छैन ।’

    images
    images
    images

    राप्रपा उम्मेदवार बोहराले सुशासन कायम गर्दै क्षेत्रको विकास गरेर सबैको आत्मासम्मान बढाउन आफू लागि पर्ने बताए । युवा, महिला, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि सबैं क्षेत्रको समानुपातिक विकास गरी सबैको मनोभावना अनुसार काम गर्ने उनले जनाए । उनले जनताले आफ्नो प्रतिनिधिलाई विश्वास गरेर मत दिने भएकाले त्यो विश्वास कायम गर्नसक्नुपर्ने बताए । क्षेत्रगत समस्या समाधान गरी यहाँका बासिन्दाको शिर ठाडो पार्न आफूले भूमिका खेल्ने उनको प्रतिबद्धता छ ।

    images
    images

    बोहराले क्षेत्रमा अनेक समस्या रहेको जनाउँदै ती समस्या समाधन गर्ने पार्टी नै राप्रपा रहेको दावी गरे । विगतमा आफ्ना बुवा स्वर्गीय दीपक बोहराले शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, कृषि लगायतमा ठूलो योगदान गरेको स्मरण गर्दै अब आफूले यी क्षेत्रलाई अगाडि बढाउन काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    इमान्दारिता पूर्वक जनताको सेवकका रुपमा काम गरेर क्षेत्र र क्षेत्रबासीलाई मुलुकमै परिचित गराउने आफ्नो उद्देश्य रहेकाले यसमा विश्वास गर्न उनको आग्रह छ । विश्वास खेर जान नदिन एक पटक आफूलाई परीक्षण गर्न उनले क्षेत्रबासीमा अपिल गरे ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।