Logo

२०८३, आश्विन ११गते


images
images

अन्तर्राष्ट्रिय

एयर इण्डियालाई एक करोड जरिवाना

एयर इण्डियालाई एक करोड जरिवाना

images
  • एयर इण्डियालाई एक करोड जरिवाना
    images
    images

    काठमाडौँ । भारतको नागरिक उड्डयन महानिदेशालयले हवाई सुरक्षा नियमको गम्भीर उल्लङ्घन गरेको ठहर गर्दै एयर इण्डियामाथि एक करोड रुपैयाँ जरिवाना लगाएको छ । जाँचका क्रममा एयरलाइन्सको एयरबस ए ३२० विमानले अनिवार्य एयरवर्दीनेस रिभ्यु सर्टिफिकेट (एआरसी) बिना नै आठ पटक उडान भरेको पाइएपछि जरिवाना गरिएको हो ।

    images
    images
    images

    नियामकले यसलाई सामान्य प्राविधिक त्रुटि नभई नियामकीय पालना कमजोर भएको गम्भीर लापरवाही ठहर गरेको छ । साथै कम्पनीका सीईओ क्याम्पबेल विल्सनलाई समेत जिम्मेवार मानिएको छ।

    images
    images
    images

    एयर इन्डियाले भने उक्त घटना सन् २०२५ मा स्वयं रिपोर्ट गरिएको र सबै कमजोरीहरू सच्याइसकिएको जनाएको छ । एआरसी विमानको प्राविधिक अवस्था र सुरक्षा मापदण्ड पुष्टि गर्ने अनिवार्य प्रमाणपत्र भएकाले यसको बिना उडान सञ्चालन यात्रु सुरक्षासँग जोडिएको ठूलो जोखिम मानिन्छ ।

    images
    images
    images

    डीजीसीएको यो कदमले विमान सुरक्षामा कुनै पनि स्तरको लापरवाही सह्य नहुने स्पष्ट सन्देश दिएको छ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एयर इण्डिया
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।