Logo

२०८३, आश्विन ११गते


images
images

खेलकुद

तेश्रो नगरस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड : बुद्धपब्लिकद्धारा दोस्रोपटक उपाधि कब्जा

तेश्रो नगरस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड : बुद्धपब्लिकद्धारा दोस्रोपटक उपाधि कब्जा

images
  • तेश्रो नगरस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड : बुद्धपब्लिकद्धारा दोस्रोपटक उपाधि कब्जा
    images
    images

    देवदह । रुपन्देहीको देवदहमा सञ्चालित तेश्रो नगरस्तरीय राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी देवदह बुद्ध पव्लिक आवासीय माविले पुन्ह हात पारेको छ । 

    images
    images
    images

    गत बर्षको समेत उपाधि विजेता बुद्ध पव्लिकले ११ स्वर्ण, १० रजत र ६ कास्य पदक प्राप्त गर्दै रनिङ्ग शिल्डको उपाधी जित्न सफल भएको हो । रनिङ्ग शिल्डको उपाधी संगै देवदह बुद्ध पव्लिक आवासीय विद्यालयले २५ हजार रुपैंया र शिल्ड प्राप्त गरेको छ । 

    images
    images
    images

    प्रतियोगितामा सगरमाथा आवासीय माध्यमिक विद्यालय द्धितिय भएको छ । सगरमाथा आवासीय विद्यालयले ६ स्वर्ण, ६ रजत र ७ कास्य पदक प्राप्त गर्दै उपविजेता बन्न सफल भएको हो । उपविजेता सगरमाथाले १० हजार रुपैंयासँगै शिल्ड प्राप्त गरेको छ । 

    images
    images
    images

    यसैगरी प्रतियोगितामा ग्रीनप्लान्ट आवासीय मावि तृतिय भएको छ । खेलमा ५ स्वर्ण, ५ रजत र १० कास्य पदक प्राप्त गर्दै तृतिय भएको ग्रीन प्लान्टले १० हजार रुपैंया र शिल्ड प्राप्त गर्यो । 

    खेलमा सेभेनस्टारले ४ स्वर्ण, ३ रजत, ३ कास्य, भविश्य निर्माण माविले ३ स्वर्ण, ३ रजत र १ कास्य, युगज्योति माविले ३ स्वर्ण, ३ कास्य, सिता माविले २ स्वर्ण, १ रजत, ३ कास्य पदक प्राप्त गरेका छन् । 

    त्यसैगरी देवदह बोडिङ्गले २ स्वर्ण, २ रजत, १ कास्य, देवदह मदरटङ्गस एकेडेमीले २ स्वर्ण, १ कास्य, केरवानी माविले १ स्वर्ण, ७ रजत, ८ कास्य, सरस्वती माविले १ स्वर्ण, मदरल्याण एकेडेमीले १ स्वर्ण, २ रजत र १ कास्य पदक प्राप्त गरेको देवदह खेलकुद विकास समितिका सदस्य सचिव परशुराम ढकालले जानकारी दिए ।  

    नगर प्रमुख धु्रवप्रसाद खरेलको अध्यक्षतामा भएको समापन कार्यक्रममा जिल्ला खेलकुद विकास समिति रुपन्देहीका प्रमुख चन्द्रकान्त आचार्य, ईप्साका अध्यक्ष रामबहादुर गुरुङ्ग लगायतले आ-आफना भनाई राखेका थिए । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।