Logo

२०८३, कार्तिक २९गते


images
images

रोहिणी नदीमा थप पुल निर्माणमा पहल गर्छु : बोहरा

रोहिणी नदीमा थप पुल निर्माणमा पहल गर्छु : बोहरा

images
  • रोहिणी नदीमा थप पुल निर्माणमा पहल गर्छु : बोहरा
    images

    देवदह । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देही क्षेत्र नम्बर १ का उम्मेदवार प्रज्जवल बोहरा (प्रशान्त)ले लामो क्षेत्र ओगटेको रोहिणी नदी माथि पर्याप्त पुल नहुँदा स्थानीयले दुःख पाइराखेको जनाएका छन् । उनले आफूले नदी आसपासका क्षेत्रका मतदाताहरुसँग भेटघाट गर्दा पुल नभएको गुनासो बढी मात्रामा सुनिएको जनाए । रोहिणीमा एउटा मात्रै पुल रहेको बताउँदै राप्रपा उम्मेदवार बोहराले यसले नदी वारपार गर्न क्षेत्रबासीलाई निकै समस्या भएको सुनाए ।

    images
    images
    images

    ‘बीचमा नदी छ, वारिपारीका बासिन्दा भेट हुन पनि १०–१० किलोमिटर यात्रा गरेर जानुपर्छ’, उनले भने, ‘वर्षा याममा यो समस्या सबैभन्दा बढी हुने गरेको स्थानीयले बताउनुभएको छ । यो समस्या हल गर्न रोहिणी नदीमा आवश्यकताका आधारमा केही पुलहरु थप्नुपर्ने देखिन्छ ।’ उनले पुल नहुँदा खाद्यान्न, अत्यावश्यक सामाग्री ढुवानी र विरामी हुँदा अस्पतालसम्म जानु परेमा पनि समस्या हुने गरेको जनाए ।

    images
    images
    images

    दशक अघि बढेको एउटा पुलबाटै काम चलाइँदै आएको जनाउँदै बोहराले क्षेत्रबासीले पटकपटक केही स्थानहरुमा पुल बनाउन माग गरे पनि सुनुवाई नभएको आफूले पाएको जनाए । ‘यो समस्या हल गर्न राप्रपा र म सधैं तयार छौं’, उनले भने, ‘मैले क्षेत्रबासीहरुको गुनासा, आवश्यकता र समस्या टिपोट गरेको छु, म निर्वाचित भए पनि नभए पनि ती समस्या हल गर्न लागिपर्छु ।’ राप्रपा उम्मेदवार बोहराले आफूले रोहिणीमा थप पुल निर्माणका लागि निर्वाचन लगत्तै पहल थाल्ने र पुल निर्माण गराएरै छाड्ने जनाए । 

    images
    images

    उनले केही ठाउँहरुमा झोलुंगे पुल भए पनि ठूला सवारी आउजाउ गर्न नसक्ने भएकाले समस्या जहाँकोतही रहेको बताए । क्षेत्रगत समस्या हल गर्नु आफ्नो दायित्व भएको जनाउँदै त्यसका लागि पहल गर्ने र काम गरेरै परिणाम दिने उनले स्थानीयलाई विश्वास दिलाए । यस्तै, बोहराले नदी उकास क्षेत्रको तटबन्धमा पनि ध्यान दिइने स्पष्ट पारे । कतिपय ठाउँमा नदी कटानको समस्या रहेको जनाउँदै त्यस्ता ठाउँलाई सुरक्षित गर्न आफूले योजना बनाएरै काम गर्ने बोहराको भनाई छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।