Logo

२०८३, कार्तिक २९गते


images
images

१२औँ जिल्ला स्तरीय बुद्ध पब्लिक हाजिरीजवाफमा ग्रीनप्लाण्ट प्रथम

१२औँ जिल्ला स्तरीय बुद्ध पब्लिक हाजिरीजवाफमा ग्रीनप्लाण्ट प्रथम

images
  • १२औँ जिल्ला स्तरीय बुद्ध पब्लिक हाजिरीजवाफमा ग्रीनप्लाण्ट प्रथम
    images

    देवदह । देवदह बुद्ध पब्लिक आवासीय माध्यमिक विद्यालयको आयोजनामा सम्पन्न १२औँ जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगिताको उपाधि देवदहको ग्रीनप्लाण्ट आवासीय माध्यमिक विद्यालयले जितेको छ । रुपन्देही जिल्लाका ३४ वटा विद्यालयबाट सहभागी विद्यार्थीहरुमध्ये सर्वाधिक अंक प्राप्त गर्दै  ग्रीनप्लाण्ट प्रथम भएको कार्यक्रम संयोजक अनन्तराम भण्डारीले जानकारी दिए ।  

    images
    images
    images

    प्रतियोगितामा न्यू होराइजन बोर्डिङ स्कुल  द्वितीय, सुनगाभा पब्लिक स्कुल तृतीय र कालिका मानवज्ञान माध्यमिक विद्यालय चौथो भएका छन् । 

    images
    images
    images

    होराइजन गौतम बुद्ध स्कुल (जीभीएस) र दीप बोर्डिङ हाई स्कुलसहित ६ वटा विद्यालय प्रतियोगिताको प्रथम चरण उत्तीर्ण गरी दोस्रो राउण्डमा प्रवेश गरेका थिए ।

    images
    images

    प्रतियोगितामा प्रथम हुनेलाई रु १०,०००, द्वितीय रु ७,५००, तृतीय रु ५,००० र सान्त्वना रु २,५०० नगदसहित प्रमाणपत्र र शिल्ड प्रदान गरिएको विद्यालयका प्रिन्सिपल कृष्ण प्रसाद गैरेले जानकारी दिए । पहिलो चरणबाट छनोटमा परेका विद्यार्थीलाई यातायात खर्च रु १,००० नगद र सहभागी सबैलाई प्रमाणपत्र उपलब्ध गराइएको विद्यालयले जनाएको छ । 

    प्रिन्सिपल गैरेले जिल्लास्तरीय प्रतियोगिताले विद्यार्थीको बौद्धिक क्षमताको विकासमा सहयोग पुग्ने बताए । उनले भने, 'हामीले निरन्तर रुपमा जिल्लास्तरीय कार्यक्रम आयोजना गर्दै आएका छौं । यसले विद्यालयबीच स्वस्थ प्रतिस्पर्धाको वातावरण बनाएको छ ।'

    देवदह नगरपालिकाका नगर प्रवक्ता गणेश डुम्रे र विद्यालय व्यवस्थापन समिति अध्यक्ष शुभकान्त न्यौपानेले विजेता टिमलाई नगदसहित शिल्ड र प्रमाणपत्र प्रदान गरेका थिए । 

    यसैबीच विद्यालयको २४औँ वार्षिकोत्सवअन्तर्गतका अन्य कार्यक्रमहरू पनि सञ्चालन भइरहेका छन् । माघ २७, २८, २९ र फागुन १ गते खेलकुद सप्ताह सम्पन्न भइसकेको छ । फागुन ४ गते सम्पन्न हाजिरीजवाफपछि फागुन ६ गते फुड फेस्टिवल, स्वास्थ्य शिविर तथा अभिभावक खेलकुद कार्यक्रम आयोजना गरिने भएको छ । चार सदनले विभिन्न समुदायका परिकार र भेषभूषा प्रस्तुत गर्नेछन् भने कक्षा ११ र १२ का विद्यार्थीका तीन स्टलसहित जम्मा सात स्टल रहने जनाइएको छ ।

    वार्षिकोत्सवको मुख्य समारोह दुई चरणमा हुनेछ । फागुन ८ गते नर्सरीदेखि कक्षा ४ सम्म र फागुन ९ गते कक्षा ५ देखि १२ सम्मका विद्यार्थी सहभागी हुनेछन् । कार्यक्रममा कक्षागत नृत्य, भेषभूषा तथा पेशागत भेषभूषा प्रदर्शनी, विज्ञान प्रदर्शनी, नाटक, विद्यार्थी गायन, उत्कृष्ट विद्यार्थी तथा शिक्षक–कर्मचारी सम्मान मुख्य आकर्षणका रूपमा रहनेछन् ।

    वार्षिकोत्सव कार्यक्रम सञ्चालनका लागि करिब १२ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको विद्यालयले जनाएको छ । दुई हजार एक सय विद्यार्थी अध्ययनरत बुद्ध पब्लिकले शैक्षिक गतिविधिसँगै खेलकुद, अतिरिक्त क्रियाकलाप र समुदायसँगको सहकार्यलाई जोड्दै वार्षिकोत्सवलाई शैक्षिक तथा सामाजिक उत्सवका रूपमा मनाइरहेको जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ग्रीनप्लाण्ट
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।