Logo

२०८३, कार्तिक २९गते


images
images

रुपन्देही-१ मा एमालेको घरदैलो कार्यक्रम सुरु

रुपन्देही-१ मा एमालेको घरदैलो कार्यक्रम सुरु

images
  • रुपन्देही-१ मा एमालेको घरदैलो कार्यक्रम सुरु
    images

    देवदह । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले रुपन्देही क्षेत्र नं १ मा घरदैलो अभियानको सुरुवात गरेको छ । सोमवार देवदहमा औपचारिक कार्यक्रम गर्दै पार्टीबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार दधिराम न्यौपानेले शान्ति, समृद्धि र विकासको आफ्नो उम्मेदवारी भएको बताए ।

    images
    images
    images

    देवदहमा लुम्बिनी बौद्ध विश्वविद्यालयको कार्यालय रहेको वडा, देवदह-८ बाट अभियान सुरु गर्दै न्यौपानेले देवदह कृषि, पर्यटन र ज्ञानको भुमि भएको बताए । 'हामीले कृषिको प्रवर्धन गर्नुछ, पर्यटन विकास गर्नुछ र यस्ता धेरै क्षेत्रमा काम गर्नुपर्ने छ ।' उम्मेदवार न्यौपानेले भने, 'फेरी पनि यो ज्ञानको भुमि हो । बुद्ध जन्माउने महान नारीले चरण टेकेको भुमि हो । लुम्बिनी बौद्ध विश्वविद्यालयमार्फत विश्वभरीका विद्यार्थीलाई यहाँ पढाउँन सकिन्छ र त्यसको सुरुवात भइसकेको छ ।'

    images
    images
    images

    लुम्बिनी बौद्ध विश्वविद्यालय रुपन्देही क्षेत्र नं १ मात्र नभएर समग्र जिल्ला कै कायापलट गर्न सक्ने ठुलो संस्था रहेको उल्लेख गर्दै उनले यसको डीपीआर अनुसार काम गर्न आफु हिजो, आज र भोलि पनि तत्पर रहेको बताए ।  

    images
    images

    कार्यक्रममा पार्टीका नेता कार्यकर्ता र स्थानीयको सहभागिता रहेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।