Logo

२०८३, आश्विन १०गते


images
images

जिरोनासँग बार्सिलोना स्तब्ध

जिरोनासँग बार्सिलोना स्तब्ध

images
  • जिरोनासँग बार्सिलोना स्तब्ध
    images
    images

    काठमाडौँ । बार्सिलोनाले उपाधि रक्षा अभियानमा ठूलो धक्का बेहोरेको छ । गएराती स्पेनिस ला लिगा अन्तर्गतको खेलमा जिरोनासँग २-१ को हार बेहोरेपछि बार्सिलोनाले शिर्ष स्थानमा उक्लिने अवसर गुमाएको हो ।

    images
    images
    images

    पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको खेलमा बार्सिलोनाले ५९औँ मिनेटमा पाउ कुबार्सीको हेडरमार्फत अग्रता लिएको थियो । तर त्यसपछि थोमस लेमार र फ्रान बेल्ट्रानको गोलले जिरोनाले शानदार पुनरागमन गर्‍यो । किशोर स्टार लामिन यमलले पेनाल्टी अवसर खेर फाल्नु बार्सिलोनाका लागि महँगो सावित भयो । यमलले खेलको पहिलो हाफको अन्त्यमा पाएको पेनाल्टी मिस गरेका थिए । 

    images
    images
    images

    त्यस्तै यस खेलमा जिरोनाका जोएल रोकाले ९० मिनेटपछिको इन्जुरी समयमा रातो कार्ड पाएका थिए । 

    images
    images
    images

    खेलपछि प्रशिक्षक हान्सी फ्लिकले रक्षात्मक कमजोरी स्वीकार्दै टोली राम्रो अवस्थामा नरहेको बताए । उनले खेलाडीलाई मानसिक रूपमा पुनः तयार हुन दुई दिन विश्राम दिएका छन् ।

    यो हारसँगै बार्सिलोना दोस्रो स्थानमा झरेको छ भने जिरोनाले घरेलु मैदानमा महत्वपूर्ण तीन अंक जोड्दै सिजनकै ठूलो जित निकालेको छ ।

    यो खेलपछि बार्सिलोनाको २४ खेलमा ५८ अंक रहेको छ भने रियल म्याड्रिडको २४ खेलमा ६० अंक रहेको छ । त्यस्तै जिरोनाको २४ खेलमा २९ अंक भएको छ र लिगमा १२औं स्थानमा छ । 

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बार्सिलाेना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।