Logo

२०८३, आश्विन ११गते


images
images

भैरहवामा दुई छुट्टाछुट्टै स्थानमा शंकास्पद वस्तु

भैरहवामा दुई छुट्टाछुट्टै स्थानमा शंकास्पद वस्तु

images
  • भैरहवामा दुई छुट्टाछुट्टै स्थानमा शंकास्पद वस्तु
    images
    images

    बुटवल । रुपन्देहीको भैरहवामा दुई छुट्टाछुट्टै स्थानमा फेला परेका शंकास्पद वस्तु नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ ।

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार सिद्धार्थनगर नगरपालिका- ८ स्थित लुम्बिनी गेट नजिक र सिद्धार्थनगर नगरपालिका- ९ अंचलपुर क्षेत्रमा आज बिहान शंकास्पद वस्तु भेटिएको थियो । सूचना प्राप्त हुनासाथ सुरक्षाकर्मी परिचालन गरी दुवै वस्तु सुरक्षित रूपमा डिस्पोज गरिएको थियो ।

    images
    images
    images

    प्रहरीका अनुसार लुम्बिनी गेट नजिक भेटिएको वस्तु बियरको बोतलभित्र माटो र ढुङ्गा राखिएको अवस्थामा फेला परेको थियो । त्यस्तै अंचलपुरमा भेटिएको अर्को शंकास्पद वस्तु रंग राख्ने सानो बाल्टिन (डब्बा) भित्र पराल राखिएको अवस्थामा थियो ।

    images
    images
    images

    नेकपा (बहुमत) ले आह्वान गरेको बन्दकै दिन शंकास्पद वस्तु राखी सर्वसाधारणलाई त्रसित बनाउने प्रयास गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

    बन्दका कारण शिक्षण संस्थाहरू बन्द गरिएका छन् भने सडकमा सवारीसाधनको आवागमनसमेत कम देखिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # शंकास्पद वस्तु
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।